मैदा उद्योगीलाई उद्योग मन्त्रीले भने - 'कच्चा पदार्थ उत्पादनमा पनि लाग्नुस्'

काठमाडौं । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री रमेश रिजालले देशमा कच्चा पदार्थको उत्पादन कम भएर उद्योग सञ्चालनमा बाधा आइरहेको स्थितिमा उद्योगी स्वयंले पनि कच्चा पदार्थ उत्पादनमा लाग्नुपर्ने बताएका छन् । नेपाल मैदा उद्योग संघको २३औं वार्षिक साधारणसभालाई सम्बोधन गर्दै मन्त्री रिजालले सबै कुरामा सरकारको मुख ताक्नु ठीक नभएको धारणा राखे ।  ‘सरकारले गरिदिए मात्रै अगाडि बढ्न सकिन्छ भन्ने सोचाइले समस्या आउन सक्छ । यसको अर्थ सरकारले केही गर्दैन भन्ने होइन,’ मन्त्री रिजालले भने, ‘सरकार व्यवसायीलाई सफल बनाउन आवश्यक सबै काम गर्न तयार छ । व्यवसायीले पनि कच्चा पदार्थ उत्पादनको मामिलामा चुप लाग्नु हुँदैन भन्ने हो ।’  अहिलेको बजेट सरकार बनेको थोरै समयमा आएकाले धेरै कुरा समावेश गर्न नसकिएको पनि उनले बताए । ‘व्यवसायीका हकहितका लागि आवश्यक केही कुरा बजेटमा अवश्य पनि आएका छन्,’ रिजालले भने ।    उनले भारतले रोकेको गहुँको निर्यात फुकाउन आफूले पहल गरेको बताए । अहिले भारत बाट ३ लाख मेट्रिक टन गहुँ आयात गर्न सकिने परिस्थिति सृजना भएको मन्त्री रिजालको भनाइ छ ।  नेपालमा अहिले लगभग २१ लाख टन गहुँ उत्पादन हुने गरेको सरकारी अधिकारीहरू बताउँछन् । तर, देशभित्रका उद्योगमा ४ लाख टनमात्रै स्वदेशी आउने गरेको बताइन्छ । सरकारी तथ्यांकअनुसार प्रतिहेक्टर गहुँको उत्पादन २ दशमलव ९९ टन छ । देशमा मधेश, लुम्बनी र सुदूरपश्चिम प्रदेशमा गहुँको बढी उत्पादन हुने गरेको छ । अहिले ४६ ओटा मैदा उद्योग नेपाल मैदा उद्योग संघमा दर्ता भएको र त्यसबाहेक पनि देशभित्र केही उद्योग सञ्चालनमा रहेको संघका अध्यक्ष कुमुदकुमार दुगडले बताए ।  सरकारले मैदा उद्योगलाई कृषिजन्य उद्योगभित्र राखेर संरक्षण दिनुपर्ने बताउँदै उनले भने, ‘उद्योगीहरू किसान र सरकारसँग समन्वय गरेर देशभित्रै उत्पादन बढाई आयात प्रतिस्थापन गर्न तयार छन् । तर, अप्ठ्यारो अवस्थामा सरकारले पनि उद्योगी व्यवसायीलाई साथ र सहयोग दिनुपर्छ ।’  आफूहरूले भारतीय उद्योगसँग प्रतिस्पर्धा गर्नुपर्ने स्थितिमा सरकारबाट त्यहाँका उद्योगसरह सुविधा नपाएको अध्यक्ष दुगडको गुनासो छ । उनका अनुसार भारतका उद्योगले देशभित्रै कच्चा पदार्थ पाउँछन् । साथै उनीहरूले कुनै कर तिर्नुपर्दैन । ‘तर, नेपालमा १३ प्रतिशत कर तिर्नुपर्ने व्यवस्था छ । यो करलाई सरकारले पुनरवलोकन गर्नुपर्‍यो,’ दुगडले भने । सीमा नाकामा पनि नियमित गुणस्तर जाँच गरेर कमसल मैदा आयात हुन नदिए स्वदेशी उद्योगलाई केही सहज हुने उनको भनाइ छ । कार्यक्रममा नेपाल उद्योग परिसंघका अध्यक्ष विष्णुकुमार अग्रवालले उद्योगहरूलाई इन्सेन्टिभ मिलेमा फस्टाउने बताए । सिमेन्टलगायत कतिपय उद्योग सहुलियत पाएर फस्टाएको उदाहरण भएकाले मैदा उद्योगलाई पनि राज्यको संरक्षण मिलेमा राम्रो गर्न सकिने उनको भनाइ छ । सरकारले करको दर घटाउनुपर्नेमा अध्यक्ष अग्रवालको जोड छ । त्यस्तै आन्तरिक राजस्व विभागका महानिर्देशक दीर्घराज मैनालीले उद्योगहरूले अनावश्यक कर बुझाउनुपर्ने अवस्थाको अन्त्य भएको बताए । साथै सहजरूपमा कर भुक्तानीका लागि डिजिटल सिस्टमको विकास गरिएको मैनालीको भनाइ छ ।

सम्बन्धित सामग्री

उद्योगलाई कच्चा पदार्थ अभाव

धनगढी– प्लान्ट क्वारेन्टिन बन्द भएपछि कच्चा पदार्थ ल्याउन नपाउँदा उद्योगहरू बन्द हुने अवस्थामा पुगेको कैलाली उद्योग वाणिज्य संघले जनाएको छ । संघले भारतीय कच्चा पदार्थको भरमा चलेका दाना उद्योग, खाद्यान्न उद्योगहरू बन्द गर्नुपर्ने अवस्थामा पुगेको बताए । साउन २८ देखि कुनै पनि कृषि उत्पादन आयात गर्न नपाइएको संघले जनाएको छ । धनगढीमा दाना उद्योग र […]

कच्चा पदार्थ अभावले हलेदोबाट तेल निकाल्ने उद्योग सकंटमा

लमजुङ – सुगन्धित तेल प्रशोधन गर्न लमजुङकाे सुन्दरबजारमा स्थापना भएकाे आदेय प्रशोधन केन्द्र हलेदो अभावले संकटमा परेको छ। हलेदो (कच्चा पदार्थ) बाट तेल निकाल्ने गरी स्थापना भएको उद्योग नेपालकै पहिलाे हो। यस उद्योगले हलेदोलाई वाष्पिकरण विधिबाट ताप दिई तेल उत्पादन गर्दै आएकाे छ। हलेदोबाट तेल उत्पादन गर्न पानी र दाउरा प्रयोग गरिन्छ। पानी र दाउराको सहज आपूर्ति भए […]

कच्चा पदार्थ अभावले राडीपाखी उद्योग बन्द

जुम्लाको एकमात्र राडीपाखी उद्योग बन्द भएको छ । कच्चा पदार्थको अभावका कारण उद्योग बन्द भएको हो । महिनौंदेखि उत्तरी नाका बन्द भएकोले उन आयत हुन सकेको थिएन। उन ल्याउन नसकेपछि तामाङ झोला तथा राडीपाखी उद्योगको काम बन्द भएको कुन्जाङ फुटिक तामाङले बताइन्। चिनियाँ भेडाको उनबाट बन्ने कोट, टोपी, झोला, गलबन्दी, कालो काम्लो, राडीपाखी उत्पादन हुदै आएको थियो। अहिले बजारमा माग धेरै भएपनि कोभिडपछि कच्चा पदार्थ संकलन गर्न नसक्दा उद्योग बन्द गर्नु परेको उनी बताउँछिन्। बिगत २ वर्षदेखि उद्योगको काम ठप्प छ

कच्चा पदार्थमा लाग्ने भन्सारशुल्क घटाउन नेपाल पेन्ट उद्योग संघको माग

नेपाल पेन्ट उद्योग संघले पेन्टका लागि आवश्यक पर्ने मुख्य कच्चा पदार्थ र तयारी वस्तुको मूल्य एउटै भएको उल्लेख गर्दै कर घटाउन माग गरेको छ ।

पेन्टस्को कच्चा पदार्थ आयातमा लाग्दै आएको भन्सार दर ५ प्रतिशतमा घटाउन माग

पेन्टस् उद्योगहरूले पेन्टस् बनाउन प्रयोग हुने कच्चा पदार्थ आयातमा ३० प्रतिशतसम्म लगाउँदै आएको भन्सार दर ५ प्रतिशतमा घटाउन माग गरेका छन् । बिहीबार काठमाडौंमा पत्रकार सम्मेलन गरी पेन्टस् उद्योग संघले तयारी वस्तु र कच्चा पदार्थको मूल्य एउटै भएको भन्दै पेन्टस् बनाउन प्रयोग हुने कच्चा पदार्थ आयातमा ३० प्रतिशतसम्म लगाउँदै आएको भन्सार दर ५ प्रतिशतमा घटाउन माग  गरेका हुन ।नेपाल पेन्टस् उद्योग संघका अध्यक्ष विश्व प्रकाश साःखले नेपाल पेन्ट्समा आत्मनिर्भर भइसकेको भएपनि कच्चा पदार्थमा लाग्दै आएको भन्सा

उद्योगलाई नै आवश्यक कच्चा पदार्थ आयात गर्न दिइने

काठमाडौँ – उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दिलेन्द्रप्रसाद बडुले सुपारी आयातलाई व्यवस्थित गर्न सरकारले कच्चा पदार्थ आवश्यक उद्योगलाई नै आयात गर्न दिने नीति लिएको बताएका छन्। संघीय संसद् प्रतिनिधिसभा अन्तर्गतको उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समितिले सरोकारवालासँग गरिएको छलफलमा उद्योगमन्त्री बडुले केही व्यापारीलाई सुपारी आयातमा अनुमति दिँदा समस्या आएकाले आयातलाई व्यवस्थित गर्न सरकारले […]

दाना उद्योग संघको माग

नेपाल दाना उद्योग संघले पछिल्लो समय दाना बनाउने कच्चा पदार्थ– मकै, भटमासको पिना, औषधी, कच्चा तेल तथा फिड सप्लिमेन्टको मूल्य अस्वाभाविक बढेको भन्दै कच्चा पदार्थमा पुरानै दररेट हुनुपर्ने माग गरेको छ।...

कच्चा पदार्थ अभावले राडीपाखी उद्योग बन्द

कच्चापदार्थको अभावका कारण उद्योग बन्द भएको हो। महिनौदेखि उत्तरी नाका बन्द भएकोले उन आयत हुन सकेको थिएन। उन ल्याउन नसकेपछि तामाङ झोला तथा राडीपाखी उद्योगको काम बन्द भएको कुन्जाङ फुटिक तामाङले बताइन्।...

मसला उद्योगलाई मरिच अभाव, कच्चा पदार्थ सकिँदा उद्योग बन्द हुने चिन्ता

नेपालमा सञ्चालनमा रहेको दर्जनौं मसला उद्योगले मरिच अभाव भएको भन्दै आयात खुलाउन माग गरेका छन् । मसला उद्योगका लागि अत्यावश्यक कच्चा पदार्थको रूपमा प्रयोग हुने कालो मरिच नहुँदा मसला उत्पादन बन्द हुँदै उद्योग नै बन्द हुनसक्ने चिन्ता सम्बन्धित उद्योगीले गरेका छन् । मसला उद्योगका लागि आवश्यक कच्चा पदार्थ अभाव भएकाले तत्काल आयात गर्न अनुमति दिनुपर्ने र मातहतका मन्त्रालयलाई सिफारिश गरिदिन माग गर्दै ५/७ उद्योगीले उद्योग विभागमा निवदेन नै दिएका छन् ।  उद्योग विभागका सूचना अधिकारी ज्ञानेन्द्र पराजुलीका अनुसार उद्योगीले आवश्यक क...

कच्चा पदार्थ र मेसिनरी आयातलाई छुट्टै व्यवस्था गर्न परिसंघकाे आग्रह

नेपाल उद्योग परिसंघले आयातमा गर्न लागेको कडाइलाई लक्षित गर्दै औद्योगिक कच्चा पदार्थ तथा मेसिनरीहरूको आयातका लागि छुट्टै व्यवस्था गर्न आग्रह गरेको छ । विदेशबाट संस्थागत ऋण लिन चाहेमा वाणिज्य बैंकहरूले बैंक...