अब जिल्ला र उच्च अदालतमा पनि गोला प्रक्रियाबाट पेशी तोकिने

सर्वोच्च अदालतपछि अब जिल्ला र उच्च अदालतमा पनि गोला प्रक्रियाबाट पेशी तोक्न बाटो खुलेको छ । बुधबार पेशी व्यवस्थापनसम्बन्धी निर्देशिका फुलकोर्टबाट पारित भएसँगै जिल्ला र उच्च अदालतमा गोला प्रक्रियाबाट पेशी तोक्ने बाटो खुलेको हो । यसअघिको फुलकोर्ट बैठकले पेशी तोक्नका लागि नियमावली बनाउन सर्वोच्च प्रशासनलाई निर्देशन दिएको थियो भने अदालतले आवश्यक तयारी गरेर फुलकोर्टमा निर्णयार्थ पेश गरेपछि आज बसेको बैठकले पारित गरेको हो । अब आगामी माघ २ गतेदेखि जिल्ला तथा उच्च अदालतमा गोला प्रक्रियाबाट पेशी

सम्बन्धित सामग्री

सन्दीप लामिछानेको पुनरावेदन सुनुवाइ आज

काठमाडौं : बलात्कार आरोपमा थुनामा रहेका नेपाली क्रिकेट टोलीका पूर्व कप्तान सन्दीप लामिछानेले पुनरावेदनका लागि दिएको मुद्दाको सुनुवाइ आज हुने भएको छ।  मुद्दामा आफूलाई पुर्पक्षका लागि थुनामा पठाउने जिल्ला अदालतको आदेशविरुद्ध क्रिकेटर सन्दीप लामिछानेले उच्च अदालत पाटनमा पुनरावेदन दिएका थिए। सो मुद्दाको पेशी न्यायाधीशद्वय राज्यलक्ष्मी बज्राचार्य र नरिश्वर भण्डारीको इजलासको चौथो नम्बरमा रहेको छ। यसअघि दुई पटक पेशी तोकिए पनि पहिलोमा सन्दीपका कानुन व्यवसायीले स्थगित गरेका

प्रेमीलाई जेल हाल्ने कास्की जिल्ला अदालतको फैसलामाथिको पुनरावलोकन आज

कम उमेरमै प्रेम विवाह गरी बच्चासमेत जन्मिसकेको जोडीलाई छुटाएर प्रेमीलाई जेल पठाउने कास्की जिल्ला अदालतको फैसलामाथि शुक्रबार उच्च अदालत पोखरामा सुनुवाइ हुँदैछ । उच्च अदालत पोखराका कामु मुख्य न्यायाधीश डिल्लीराज आचार्य र न्यायाधीश श्रीधरा कुमारी पुडासैनीको संयुक्त इजलासमा सुनुवाइका लागि पेशी तोकिएको छ । कास्की जिल्ला अदालतले २०७७ चैत २६ गते गरेको फैसलामा चित्त नबुझाएर प्रतिवादी परिवर्तित नाम विवेक बस्याल उच्च अदालत पोखरा गएका थिए । आफूहरुले प्रेम विवाह गरेको तर किशोरीको परिवार र प्रहरीले नियत

खेलकुद विकास समितिका पदाधिकारीलाई नहटाउन उच्च अदालतको आदेश

गत चैत २४ गते गण्डकी सरकारले हटाएका जिल्ला खेलकुद विकास समितिका पदाधिकारी र सदस्यहरुलाई तत्कालका लागि नहटाउन अल्पकालीन अन्तरिम आदेश जारी भएको छ । उच्च अदालत पोखराले युवा तथा खेलकुद मन्त्रालयका नाममा अल्पकालीन अन्तरिम आदेश जारी गरेको हो ।अन्तरिम आदेश जारी हुने नहुने सन्दर्भमा भने दुवै पक्षको कुरा सुनेपछि १७ जेठमा पेशी तोकिएको छ । छलफलमा सहभागी हुन निवेदक र मुख्य न्यायधिवक्ताको कार्यालयलाई सूचना पठाएको छ । बर्खास्तमा परेका खेलकुद विकास समितिका पदाधिकारी र सदस्यहरुले उच्च अदालत पोखरामा रिट दायर गरे

पल शाहका म्यानेजर जोशीलाई पनि थुनामै राख्न निवेदन

काठमाडौं : बलात्कारको आरोपमा थुनामा रहेका नायक पूर्णविक्रम (पल) शाहको मुद्दामा आज पनि सुनुवाइ हुन सकेन। उच्च अदालत पोखरामा आजको लागि पेशी तोकिए पनि अदालतले उनका म्यानेजर कृष्ण जोशीको मुद्दालाई पनि सँगै राखेर हेर्ने आदेश मात्रै भएको अदालतका रजिष्ट्रार श्रीलाल पौडेलले जानकारी दिए।थुनामै रहेर मुद्दा अगाडि बढाउनुपर्ने जिल्ला अदालत तनहुँ र नवलपुरको आदेशविरुद्ध रिट लिएर शाह उच्च अदालत पोखरा पुगेका थिए। थुनामुक्त गर्न माग गर्दै रिट निवेदन लिएर उच्च अदालत पुगेका शाहको मुद्दामा यसअघि नै अद

कास्की उच्च अदालतमा पल शाहको निवेदनमाथि सुनुवाइ हुँदै

काठमाडौँ– अभिनेता पल शाहले आफूलाई पुर्पक्षका लागि थुनामा पठाउने तनहुँ जिल्ला अदालतको आदेशविरुद्ध उच्च अदालत कास्कीमा दिएको निवेदनमाथि बुधबार सुनुवाइ हुँदैछ। शाहले दिएको निवेदनको उच्च अदालत कास्कीका न्यायाधीश रमेशप्रसाद राजभण्डारीको एकल इजलासमा पेशी तोकिएको छ। न्यायाधीश राजभण्डारीको इलासमा अन्य चारवटा पेशीसमेत रहेका छन्। शाहको पेशीलाई पहिलो नम्बरमा राखिएको छ। शाहलाई जिल्ला अदालत तनहुँले पुर्पक्षका लागि […]

अभिनेता पल शाहको निवेदन न्यायधीश राजभण्डारीको इजलासमा पेशी चढ्यो

काठमाडौं : अभिनेता पल शाहले दिएको निवेदनको आज पेशी चढेको छ। उच्च अदालत कास्कीका न्यायाधीश रमेशप्रसाद राजभण्डारीको इजलासमा पेशी तोकिएको हो। न्यायधीश राजभण्डारीको इलासमा अन्य चारवटा पेशी छन्। शाहको पेशी भने पहिलो नम्बरमा नै राखिएको छ। जिल्ला अदालत तनहुँले पुर्पक्षका लागि थुनामा पठाएको आदेशविरुद्ध शाहले मुलुकी फौजदारी कार्यविधि संहिता २०७४ को…

उच्च र जिल्ला अदालतमा पनि माघ २ देखि गोला प्रथा लागू गर्ने फुलकोर्टको निर्णय

काठमाडौँ– सर्वोच्च अदालतमा हालै सुरु भएको गोला प्रथाबाट पेशी तोक्ने प्रक्रिया अब उच्च अदालत र जिल्ला अदालतमा पनि लागू हुने भएको छ । बुधबार बसेको सर्वोच्चको फुलकोर्ट बैठकले माघ २ गतेदेखि उच्च र जिल्ला अदालतमा पनि गोला प्रथाबाट पेशी तोक्ने निर्णय गरेको छ । बुधबार प्रधानन्यायाधीश चोलेन्द्र शमशेर राणाबाहेकको न्यायाधीशहरुको फुलकोर्ट बैठक बसेको थियो । […]

उच्च अदालत र जिल्ला अदालतमा पनि गोलाप्रथाबाट पेशी तोक्ने तयारी

काठमाडौँ- सर्वोच्च अदालतले देशभरका उच्च र जिल्ला अदालतमा पनि गोला प्रक्रियाबाट पेशी तोक्ने तयारी सुरु गरेको छ। प्रधानन्यायाधीश चोलेन्द्रशमशेर राणाबाहेक सबै न्यायाधीशहरुको बुधबारको पूर्ण बैठकले उच्च तथा जिल्ला अदालतमा गोलाप्रथाबाट पेशी तोक्ने निर्णय गरेको हो। यसका लागि नियमावली संशोधन गर्न सर्वोच्च अदालत प्रशासनलाई निर्देशन दिइएको सर्वोच्चको स्रोतले देशसञ्चारलाई जानकारी दियो। न्यायाधीशहरुले उच्च र जिल्ला अदालतहरुमा […]

सर्वोच्च अदालतमा पेशी चढेको अफताव आलमको मुद्दा 'हेर्न नमिल्ने'मा

इँटाभट्टामा मजदुरलाई जिउँदै जलाएको अभियोगमा थुनामा रहेका कांग्रेस नेता मोहम्मद अफताव आलमको मुद्दा हेर्न नमिल्नेमा राखिएको छ ।  आज न्यायाधीश प्रकाशमानसिंह राउत र कुमार रेग्मीको संयुक्त इजलासमा सुनुवाइका लागि पेशी तोकिएको थियो ।  पेशी पहिलो नम्बरमै भए पनि हेर्न नमिल्नेमा राखिएको सर्वोच्च अदालतले जनाएको छ ।  नेता आलमलाई जिल्ला अदालत रौतहट र उच्च अदालत वीरगञ्जले दिएको थुनामा राख्ने आदेशविरुद्ध सर्वोच्चमा निवेदन दिएका थिए ।