काठमाडौं : बलात्कार आरोपमा थुनामा रहेका नेपाली क्रिकेट टोलीका पूर्व कप्तान सन्दीप लामिछानेले पुनरावेदनका लागि दिएको मुद्दाको सुनुवाइ आज हुने भएको छ। मुद्दामा आफूलाई पुर्पक्षका लागि थुनामा पठाउने जिल्ला अदालतको आदेशविरुद्ध क्रिकेटर सन्दीप लामिछानेले उच्च अदालत पाटनमा पुनरावेदन दिएका थिए। सो मुद्दाको पेशी न्यायाधीशद्वय राज्यलक्ष्मी बज्राचार्य र नरिश्वर भण्डारीको इजलासको चौथो नम्बरमा रहेको छ। यसअघि दुई पटक पेशी तोकिए पनि पहिलोमा सन्दीपका कानुन व्यवसायीले स्थगित गरेका