सर्वोच्च अदालतमा पेशी चढेको अफताव आलमको मुद्दा 'हेर्न नमिल्ने'मा

इँटाभट्टामा मजदुरलाई जिउँदै जलाएको अभियोगमा थुनामा रहेका कांग्रेस नेता मोहम्मद अफताव आलमको मुद्दा हेर्न नमिल्नेमा राखिएको छ ।  आज न्यायाधीश प्रकाशमानसिंह राउत र कुमार रेग्मीको संयुक्त इजलासमा सुनुवाइका लागि पेशी तोकिएको थियो ।  पेशी पहिलो नम्बरमै भए पनि हेर्न नमिल्नेमा राखिएको सर्वोच्च अदालतले जनाएको छ ।  नेता आलमलाई जिल्ला अदालत रौतहट र उच्च अदालत वीरगञ्जले दिएको थुनामा राख्ने आदेशविरुद्ध सर्वोच्चमा निवेदन दिएका थिए ।