पल शाह प्रकरण : कृष्ण जोशीको मुद्दा पनि लगाउमा राखी हेर्ने आदेश, थुनछेक बहस नै भएन

जबरजस्ती करणीको अभियोगमा थुनामा रहेका अभिनेता पल शाहको मुद्दामा बिहीबार पनि सुनुवाइ हुन सकेन । उच्च अदालत पोखरामा बिहीबार पेशी तोकिएको भए पनि अदालतले कृष्ण जोशीको मुद्दालाई पनि लगाउमा राखी हेर्ने आदेश मात्रै भएको छ । थुनामै बसेर मुद्दाको पुर्पक्ष गर्नुपर्ने तनहुँ जिल्ला अदालत र नवलपुर जिल्ला अदालतको आदेशविरुद्ध शाह रिट लिएर उच्च अदालत पोखरा पुगेका थिए । थुना बाहिरबाटै मुद्दाको पुर्पक्ष गर्न पाउनुपर्ने भन्दै रिट निवेदन लिएर उच्च अदालत पोखरा पुगेका शाहको मुद्दामा यसअघि नै उच्च अदालत

सम्बन्धित सामग्री

पल भनिने पूर्णविक्रम शाह र उनका म्यानेजरकाे बयान सकियाे, थुनछेक बहस सुरू

तनहुँ, ९ वैशाख : नाबालिग गायिकालाई बलात्कार गरेकाे मुद्दा लागेका पल शाह भनिने पूर्णविक्रम शाह र उनका म्याजनेजर कृष्णप्रसाद जोशीसँगकाे बयान सकिएपछि थुनछेक बहस सुरू भएको छ । शाहका म्याजनेजर जोशीसँगकाे बयान आज सकिएकाले आजै बहस सुरु भएको हो । बुधबार दिउँसो २ बजे जिल्ला अदालत तनहुँको बन्द इजालसमा बहस सुरू भएको जिल्ला अदालत तनहुँका स्रेस्तेदार […]

पल शाहको अनुसन्धान प्रतिवेदन सरकारी वकिल कार्यालयमा

अभिनेता पल शाह संलग्न जबरजस्ती करणी सम्बन्धी अनुसन्धान प्रहरीले पुरा गरेको छ । जिल्ला प्रहरी कार्यालय तनहुँले अनुसन्धान सकेर जिल्ला सरकारी वकिल कार्यालयमा अनुसन्धान प्रतिवेदन बुझाएको छ ।सरकारी वकिल कार्यालयमा अनुसन्धान प्रतिवेदन बुझाइएको तनहुँका एसपी राजेन्द्रबावु रेग्मीले रातोपाटीलाई बताए । तनहुँ प्रहरीले आइतबार सरकारी वकिल कार्यालयमा प्रतिवेदन बुझाएको थियो । नाबालिग बलात्कारबारे शाहले इन्कारी बयान दिएका छन् । सरकारी वकिलले अदालतमा मुद्दा दायर गरेपछि थुनछेक बहस हुन्छ ।जिल्ला प्रहरी कार्यालय पूर