कम उमेरमै प्रेम विवाह गरी बच्चासमेत जन्मिसकेको जोडीलाई छुटाएर प्रेमीलाई जेल पठाउने कास्की जिल्ला अदालतको फैसलामाथि शुक्रबार उच्च अदालत पोखरामा सुनुवाइ हुँदैछ । उच्च अदालत पोखराका कामु मुख्य न्यायाधीश डिल्लीराज आचार्य र न्यायाधीश श्रीधरा कुमारी पुडासैनीको संयुक्त इजलासमा सुनुवाइका लागि पेशी तोकिएको छ । कास्की जिल्ला अदालतले २०७७ चैत २६ गते गरेको फैसलामा चित्त नबुझाएर प्रतिवादी परिवर्तित नाम विवेक बस्याल उच्च अदालत पोखरा गएका थिए । आफूहरुले प्रेम विवाह गरेको तर किशोरीको परिवार र प्रहरीले नियत