लमजुङका बजारमा म्याद गुज्रेका सामान छ्याप्छ्याप्ती !

लमजुङ - बजार अनुगमन गर्ने अधिकार स्थानीय सरकारलाई छ । तर पनि लमजुङका पालिकाहरुले खासै बजार अनुगमन गर्न सकिरहेका छैनन् ।  बजार अनुगमन हुन नसक्दा आफूहरुमा मारमा पर्ने गरेको लमजुङका उपभोक्ताहरु गुनासो गर्दछन् । उपभोक्ताको यही गुनासोलाई ध्यान दिँदै जिल्ला प्रशासन कार्यालय, लमजुङको सक्रियता र पालिकाहरुको समन्वयमा अहिले बजार अनुगमन हुन थालेको छ ।     अहिले लमजुङमा बजार अनुगमनलाई तीव्रता दिइएको छ । लमजुङ प्रशासनको सक्रियता र पालिकाका लगायत अन्य सरोकारवाला निकायको समन्वयमा उपभोक्ताका गुनासोल...

सम्बन्धित सामग्री

पोखरा महानगरपालिकाद्वारा बजार अनुगमन

चाँडबाँड नजिकिएसँगै पोखरा महानगरपालिकाले बजार अनुगमन सुरु गरेको छ। बजारमा म्याद गुज्रेका सामान बिक्रीवितरण भएको र चाँडबाँडको मौका पारि उपभोग्य बस्तुको बढी मुल्य लिएको लगायतका गुनासो बढ्दै गएपछि अनुगमन थालेको महानगरले बताएको छ।...

मापदण्डविपरीतका सामान बेच्ने ७६ व्यापारी परे वाणिज्यको कारबाहीमा

वीरगञ्ज : वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण कार्यालय पर्साले आर्थिक वर्ष ०७९/८० मा तोकिएको मापदण्डविपरीत सामान बिक्री गर्ने र अनुमति नलिएका ७६ व्यावसायिक फार्ममाथि कारबाही गरेको छ।आव ०७९/८० मा ५ सय २७ व्यावसायिक फार्मको अनुगमन गर्ने क्रममा म्याद गुज्रेका सामान बिक्री गर्ने, मूल्यसूची नराख्ने, खरिद बिल नकाट्ने र इजाजत नलिएका ७६ व्यावसायिक फार्ममाथि कारबाही गरिएको सो कार्यालयले जनाएको छ। कार्यालयका सूचना अधिकारी दिलीप खङ्गखत्बेका अनुसार आव ०७९/८० मा पर्साका ४१, बारा र सिरहाका १०/१०, मकवान

म्याद गुज्रेका सामान र मासु बिक्री

दशैं नजिकिएका बेला नेपालगञ्ज बजारमा म्याद गुज्रेका सामान र मापदण्डपिवरित मासु खुला रुपमा बिक्रि भएको भेटिएको छ । चाडपर्व लक्षित बजार अनुगमनका क्रममा म्याद गुज्रेका सामान विक्री गरेको पाइएको हो ।

बजार अनुगमनबाट म्याद गुज्रेका सामान बरामद गरेर नष्ट

भक्तपुर : जिल्ला प्रशासन कार्यालय भक्तपुरले आज आकस्मिक रुपमा गरेको बजार अनुगमनमा मासु पसलदेखि हार्डवेयर व्यापारीसम्मलाई कारबाही गरेको छ । सहायक प्रमुख जिल्ला अधिकारी माधवप्रसाद शर्माको नेतृत्वमा घरेलु तथा साना उद्योग कार्यालय भक्तपुरका प्रमुख उमेशकुमार दाहाल, नापतौल विभाग, वाणिज्य विभाग, पशुपक्षी चिकित्सक, नेपाल आयल निगम, उपभोक्ता मञ्च, उद्योग वाणिज्य सङ्घ, भक्तपुर नगरपालिका, जिल्ला घरेलु सङ्घ, […]

जुम्लामा व्यापारीको लापर्वाही, डिलरमै भेटिए अखाद्य वस्तु र म्याद गुज्रेका सामान

जुम्लामा डिलरमै अखाद्य वस्तु तथा म्याद गुज्रेका सामान पाइएको छ। जुम्लाका ग्रामीण क्षेत्रका बजार अनुगमनमा धेरै मात्रामा म्याद गुज्रेका सामान भेटिएका थिए। ठूला व्यापारीका डिलरमा अनुगमन गर्दा म्याद गुज्रेका सामान तथा अखाद्य वस्तु फेला परेका छन् । जिल्ला प्रशासन कार्यालय जुम्ला,उद्योग तथा उपभोक्ता हकहित संरक्षण कार्यालय जुम्ला, खाद्य प्रविधि तथा गुण नियन्त्रण डिभिजन कार्यालयको संयुक्त आयोजनामा भएको बजार अनुगमन भएको हो । अनुगमन समितिले विहिबार रवि जनरल स्टोर र लुम्बिनी टेड्रसको अनुगमन गरेको हो ।

जुम्ला सदरमुकामका डिलरमा छ्यापछ्याप्ती अखाद्य वस्तु

जुम्ला :  जिल्ला सदरमुकाममा रहेका ठूला व्यापारीका डिलरमै अखाद्य वस्तु तथा म्याद गुज्रेका सामान छ्यापछ्याप्ती भेटिएको छ। जुम्लाका ग्रामीण क्षेत्रका बजार अनुगमनका क्रममा धेरै मात्रामा म्याद गुज्रेका सामान भेटिएको हो। जिल्ला प्रशासन कार्यालय जुम्ला,उद्योग तथा उपभोक्ता हकहित संरक्षण कार्यालय जुम्ला, खाद्यप्रविधि तथा गुणनियन्त्रण डिविजन कार्यालयले गरेको बजार अनुगमनका क्रममा अखाद्य वस्तु फेला परेको हो। यसअघि पसल अनुगमन गर्दै आएको जिल्ला अनुगमन समितिले पहिलो पटक डिलर र फे

सिमकोटमा बजार अनुगमन, होटेल तथा पसलमा म्याद गुज्रेका सामान

सिमकोट – सिमकोटका बजारमा पेय पदार्थ तथा दैनिक उपभोग्य सामान म्याद गुज्रेको पाइएको छ। खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालय सुर्खेतका खाद्य निरीक्षक सागरराज पोखरेलले पसल तथा होटेलमा अनुगमन गरिएको बताए । त्यसक्रममा म्याद गुज्रेका सामान बिक्री वितरण गरेको पाइएको उनले बताए । चिउरा, मसला, बेसार, बिस्कुट, चाउचाउ लगायतका सामग्री म्याद गुज्रेका पाइएको हो। बजारका […]

दाङमा म्याद गुज्रेका सामान बेच्ने तीन पसललाई कारबाही

दाङ – दाङमा म्याद गुज्रेका सामग्री बिक्री वितरण गर्ने तीन वटा पसल कारबाहीमा परेका छन्। प्रत्येक पसललाई जनही दुई लाख रुपैयाँ जरिवाना गरिएको हो। राप्ती गाउँपालिका–१ भालुवाङमा माँ लक्ष्मी मार्ट, पोख्रेल किराना पसल र रिजाल खाद्य भण्डारबाट लेबल नलागेको खाद्य सामग्री र म्याद गुज्रेको समान फेला परेपछि जरिवाना गरिएको सहायक प्रमुख जिल्ला अधिकारी चीरञ्जीवी रानाले […]

एक सातादेखि निरन्तर बजार अनुगमन

खाद्य सामग्रीको मूल्यवृद्धि भएको जनगुनासो आएसँगै जिल्ला प्रशासन कार्यालय धादिङले एक सातादेखि निरन्तर बजार अनुगमन गरिरहेको छ ।बजारमा म्याद गुज्रेका सामान बिक्री भइरहेको, दैनिक उपभोग्य वस्तुमा अस्वभाविक मूल्यवृद्धि भएको गुनासो आएपछि निषेधाज्ञाका क्रममा पनि अनुगमन गरिएको सहायक प्रमुख जिल्ला अधिकारी गोकर्णप्रसाद उपाध्यायले बताए ।“अनुगमनमाका क्रममा सबै खुद्रा पसल तथा होलसेल पसलमा म्याद गुज्रेका सामानहरु भेटिएका […]

कमलविनायकका अधिकांश पसलमा म्याद गुज्रेका सामान

९ चैत, काठमाडौँ । भक्तपुर नगरपालिकाले कमलविनायक आवास क्षेत्रमा रहेका पसलहरुमा गरेको अनुगमनमा अधिकांश पसलमा अखाद्य र म्याद गुज्रेका सामानहरु बिक्रीका लागि राखेको पाइएको छ । नगरपालिका अनुगमन समितिका संयोजक वडाध्यक्ष राजकृष्ण गोराको नेतृत्वमा सोमबार भएको बजार अनुगमनमा कमलविनायक आवास क्षेत्रमा २५ वटा पसल अनुगमन गरी दर्ता नभएका आठ वटालाई दर्ता गरिएको र म्याद गुज्रेका […]