जुम्ला सदरमुकामका डिलरमा छ्यापछ्याप्ती अखाद्य वस्तु

 जुम्ला :  जिल्ला सदरमुकाममा रहेका ठूला व्यापारीका डिलरमै अखाद्य वस्तु तथा म्याद गुज्रेका सामान छ्यापछ्याप्ती भेटिएको छ। जुम्लाका ग्रामीण क्षेत्रका बजार अनुगमनका क्रममा धेरै मात्रामा म्याद गुज्रेका सामान भेटिएको हो। जिल्ला प्रशासन कार्यालय जुम्ला,उद्योग तथा उपभोक्ता हकहित संरक्षण कार्यालय जुम्ला, खाद्यप्रविधि तथा गुणनियन्त्रण डिविजन कार्यालयले गरेको बजार अनुगमनका क्रममा अखाद्य वस्तु फेला परेको हो। यसअघि पसल अनुगमन गर्दै आएको जिल्ला अनुगमन समितिले पहिलो पटक डिलर र फे

सम्बन्धित सामग्री

म्याद नाघेका वस्तु नष्ट

सिन्धुपाल्चोक । सिन्धुपाल्चोकको पाँचपोखरी थाङ्पाल गाउँपालिकाले बजार अनुगमनको क्रममा कैफियत भेटिएका खाद्य वस्तु नष्ट गरेको छ । गाउँपालिकाले वडा नं १ देखि ८ सम्मका २१२ पसल अनुगमन गर्दा म्याद नाघेको भेटिएका ६ लाख ५७ हजार रुपैयाँ बराबरको वस्तु नष्ट गरेको हो । अनुगमनको क्रममा म्याद नाघेको अखाद्य  ठहरिएका वस्तु जफत गरी नष्ट गरिएको गाउँपालिका अध्यक्ष टासी लामाले बताए । पछिल्लो समय गाउँपालिकाले उपाध्यक्ष सुनिता अधिकारीको संयोजकत्वमा बजार अनुगमन समिति बनाएर अनुगमनलाई तीव्रता दिएको छ । सो क्रममा ३ लाख ३० हजार रुपैयाँभन्दा बढी मूल्य बराबरको पेयपदार्थ, चकलेट, चिजबल, मिठाई, चाउचाउ लगायत वस्तु नष्ट गरिएको अनुगमन समितिका सदस्य सचिव अनिल पाण्डेले बताए । उनका अनुसार २ लाख ३६ हजार बराबरको तेल, चिउरा, चामल लगायत सामग्री नष्ट गरिएको छ । ‘सबै गरी ६ लाख ५७ हजार रुपैयाँ बराबरको अखाद्य वस्तु नष्ट गरेका छौं,’ उनले भने । अन्य स्थानीय तहले चार्डपर्वको बेलामा मात्र बजार अनुगमन गर्दै आएका छन् । चाडपर्वबाहेकका समयमा गरिने अनुगमन प्रभावकारी हुने गाउँपालिकाको भनाइ छ । गाउँपालिकाले गरिरहेको अनुगमनमा व्यवसायीले सघाएका छन् । उपभोग्य मिति नहेरी सामग्री उपभोग गर्ने सर्वसाधारणलाई अनुगमनबाट सचेत गराइएको स्थानीय व्यवसायी विकास श्रेष्ठले बताए । यसअघि गाउँपालिकाले अखाद्य वस्तु नभित्रियोस् भन्ने उद्देश्यले सीमा नाका खाल्डे खोलामा जाँच गर्दै आएको छ । गाउँपालिका अध्यक्ष लामाले उपभोक्ताले मिति हेरर मात्र सामान किन्नुपर्ने बताए । गाउँपालिकाले २०७९ असोज ५ देखि २ जना कर्मचारी तथा बजार निरीक्षक राखेर अनुगमनको आधार बनाएको छ । ती कर्मचारीले गाउँपालिकाको सूचना केन्द्र खाल्डे खोलाबाट दैनिक पाँचपोखरी थाङ्पाल गाउँपालिकाभित्र व्यापारीहरूले ल्याएको खाद्य सामग्रीको उपभोग्य मिति चेकजाँच गरी तथ्यांक राख्ने काम गरिरहेका छन् ।

चाडपर्वमा हुने कालाबजारी र महंगी नियन्त्रण गर्न बजार अनुगमन

तनहँ । तनहुँका बजार क्षेत्रमा अनुगमनलाई तीव्रता दिइएको छ । चाडपर्वको समय हुने कालाबजारी र महंगी नियन्त्रण गर्न जिल्ला प्रशासन कार्यालय तनहुँले अनुगमन थालेको हो । अखाद्य वस्तु तथा म्याद नाघेका पेय पदार्थ तथा खाद्य वस्तु बिक्री हुन सक्ने भन्दै त्यसलाई रोक्न प्रशासनले अनुगमनलाई तीव्रता दिएको हो । त्यस्तैगरी जिल्लाका बजार क्षेत्रका विभिन्न पालिकाले पनि […]

नेपालगन्जका पसलमा म्याद नाघेका खाद्य वस्तु

बाँके : नेपालगन्जका पसलमा म्याद नाघेका खाद्य वस्तु फेला परेको छ। यसले नेपालगन्जका व्यापारीले अखाद्य वस्तुसमेत बिक्री गर्दै आएको प्रमाणित भएको छ। संयुक्त बजार अनुगमन समितिले अखाद्य वस्तु बिक्री गर्ने व्यापारीलाई कारवाही गरेको छ। अनुगमनका क्रममा म्याद नाघेका खाद्य वस्तु बिक्रीका लागि पसलमा राखेको फेला परेपछि उपभोक्तालाई झु...