जुम्लामा व्यापारीको लापर्वाही, डिलरमै भेटिए अखाद्य वस्तु र म्याद गुज्रेका सामान

जुम्लामा डिलरमै अखाद्य वस्तु तथा म्याद गुज्रेका सामान पाइएको छ। जुम्लाका ग्रामीण क्षेत्रका बजार अनुगमनमा धेरै मात्रामा म्याद गुज्रेका सामान भेटिएका थिए। ठूला व्यापारीका डिलरमा अनुगमन गर्दा म्याद गुज्रेका सामान तथा अखाद्य वस्तु फेला परेका छन् । जिल्ला प्रशासन कार्यालय जुम्ला,उद्योग तथा उपभोक्ता हकहित संरक्षण कार्यालय जुम्ला, खाद्य प्रविधि तथा गुण नियन्त्रण डिभिजन कार्यालयको संयुक्त आयोजनामा भएको बजार अनुगमन भएको हो । अनुगमन समितिले विहिबार रवि जनरल स्टोर र लुम्बिनी टेड्रसको अनुगमन गरेको हो ।