पुस २१, काठमाडौं । सुदूरपश्चिम प्रदेश सरकार, वन निर्देशनालय धनगढी, कैलालीका निमित्त वन निर्देशक हेमराज बिष्टविरुद्ध करीब ७ करोड भ्रष्टाचार मुद्दा दायर गरिएको छ ।
अख्तियार दुरुपयोग अनुसन्धान आयोगले बुधवार बिष्टउपर ६ करोड ८७ लाख ५७ हजार ८० रुपैयाँ ६० पैसा बिगो कायम गरी गैरकानूनी सम्पत्ति आर्जन गरेको अभियोगमा विशेष अदालत काठमाडौंमा भ्रष्टाचारको मुद्दा दायर गरेको हो ।
अख्तियार दुरुपयोग अनुसन्धान आयोगले बिष्टविरुद्ध बिगो ६ करोड ८७ लाख ५७ हजार ८० रुपैयाँ ६० पैसा कायम मागदावी लिई विशेष अदालत काठमाडौंमा आरोपपत्र दायर गरिएको जानकारी दिएको छ ।