काठमाण्डाै – स्थानीय विकास प्रशिक्षण प्रतिष्ठान झापाका तत्कालीन वरिष्ठ व्यवस्थापन सहायक भीमकान्त भण्डारीविरुद्ध ६ करोड रुपैयाँभन्दा धेरै बिगो मागदाबीसहित भ्रष्टाचार मुद्दा दायर भएको छ ।
अख्तियार दुरुपयोग अनुसन्धान आयोगले भण्डारीमाथि ६ करोड २४ लाख रुपैयाँ गैरकानुनी सम्पत्ति आर्जन गरेको अभियोगसहित आज शुक्रवार विशेष अदालत काठमाण्डौमा मुद्दा दायर गरेको हो ।
भण्डारी २०७३ साल असोज २१ देखि २०७७ साउन १ गतेसम्म मात्रै सरकारी सेवामा हुनुहुन्थ्याे । नासु सरहको वरिष्ठ व्यवस्थापन सहायक पदमा काम गरेको जागिरको अवधिमा उहाँले...