काठमाडौं : नेपाल सरकारका पूर्व सचिव रामकुमार श्रेष्ठविरुद्ध अख्तियार दुरुपयाेग अनुसन्धान आयोगले भ्रष्टाचार मुद्दा दायर गरेको छ।पूर्वमन्त्रीसमेत रहेका श्रेष्ठविरुद्ध चार करोड ४५ लाख रुपैयाँभन्दा बढी बिगो कायम गरी अख्तियारले आइतबार विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर गरेको हो।श्रेष्ठले पदमा रहँदा श्रोत नखुलेको सम्पत्ति आर्जन गरी भ्रष्टाचार गरेको भन्ने उजुरीमा आधारित रहेर अनुसन्धान गर्दा विभिन्न पदमा रहेर कुल ६ करोड ९० लाख १६ हजार ६२७ रुपैयाँको स्रोत खुलेको आयोगले जनाएको छ।उनले जागिर अवधिभित्र ११