काठमाडौं : नेपाली खेलकुदको सर्वोच्च निकाय राखेप (राष्ट्रिय खेलकुद परिषद) को शुक्रबार बसेको बोर्ड बैठकले आगामी २५ भदौदेखि ९ असोजसम्म चीनमा आयोजना हुने एशियाली खेलकुद प्रतियोगितामा २३ खेलमा सहभागी हुने निर्णय गरेको छ।राखेपले आगामी जेठ २२ देखि जेठ २८ सम्म गण्डकी प्रदेशमा आयोजना हुने नवौं राष्ट्रिय खेलकुद प्रतियोगितामा ३६ खेल खेलाउने भएको छ। करिब ३ वर्षपछि पहिलो पटक बसेको राखेपको बोर्ड बैठकले संघ संस्थाको निर्देशिका तथा जापानमा भएको ओलम्पिकमा सहभागी हुँदाको खर्चसमेत पारित गरेको छ।नेपा