नवौँ राष्ट्रिय खेलकुदका लागि लोगो, मस्कट र गीत तथा नारा पेस गर्न आह्वान

काठमाण्डाै - राष्ट्रिय खेलकुद परिषद्ले नवौँ राष्ट्रिय खेलकुदका लागि लोगो, मस्कट, गीत र नारा पेस गर्न सार्वजनिक आह्वान गरेको छ । आउँदो जेठ २२ देखि २८ गतेसम्म गण्डकी प्रदेशको पोखरामा हुने नवौँ राष्ट्रिय खेलकुदका लागि परिषद्ले प्रतिक चिह्न मस्कट, लोगो, खेलकुद गीत रचना, नारा यही वैशाख ११ गतेभित्र पेस गर्न आह्वान गरेको हो । लोगोका लागि गण्डकी प्रदेशको समग्र प्रतिबिम्ब, नवौँ राष्ट्रिय खेलकुद र शक्तिको प्रतिक झल्कनुपर्ने मापदण्ड तोकिएको छ । त्यस्तै, गीत रचना राष्ट्रिय भावनाले ओतप्रोत, खेल र खेलाडीको भा...