विराटनगर : प्रदेश १ सरकारले नवौं राष्ट्रिय खेलकुदका लागि प्राथमिकता दिएर तयारी गर्ने भएको छ।प्रदेश सामाजिक विकास मन्त्री तथा प्रदेश खेलकुद विकास बोर्डका अध्यक्ष राजन राईको अध्यक्षतामा मंगलबार बसेको बैठकले पदक ल्याउन सकिने संभावना भएका खेलहरूलाई प्राथमिकतामा राखेर तयारी गर्ने निर्णय गरेको छ।आगामी जेठ २२ देखि २८ गते सम्म पोखरामा हुने नवौं राष्ट्रिय खेलकुदका लागि प्रदेश १ ले प्राथमिकताका साथ तयारी शुरु गर्ने निर्णय गरेको हो।बोर्ड बैठकले मुख्यमन्त्री कप आमन्त्रण फुटबल प्रतियोगिता अनुकूल समयमा सञ्चाल