कर्मचारी, कैदीबन्दी र सुरक्षाकर्मीलाई मतदान गर्न दिने तयारी

समानुपातिकतर्फको अस्थायी मतदाता कायम गरि उनीहरूको मताधिकार सुनिश्चित गर्न आयोगले गृहकार्य गरिरहेको आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेले जानकारी दिए।...

सम्बन्धित सामग्री

केन्द्रीय कारागारका सात कैदीबन्दीले गरे मतदान

काठमाडाैं : केन्द्रीय कारागार जगन्नाथदेवल मतदान केन्द्रबाट सात कैदीबन्दीले मतदान गरेका छन्। आठ कैदीबन्दीको मतदाता नामावलीमा नाम रहे पनि सात कैदीबन्दीले मतदान गरिसकेको मतदान अधिकृत ईश्वरीप्रसाद अर्यालले जानकारी दिए। एक कैदीबन्दीको भने यसअघि नै अर्को कारागारमा स्थानान्तरण भएको थियो। बिहान ७ बजे नै मतदान सुरु भएमा ८ बजेअगावै उनीहरूले मतदान गरेका हुन्। सो मतदान केन्द्रमा आठ कैदीबन्दी र १२ कर्मचारी गरी २० जनाको मतदाता नामावली कायम थियो। मतदाता सूचीमा रहेका १२ मध्ये ११ कर्मचारी निर

जुम्ला कारागारमा मतदान हुन सकेन

जुम्ला – जुम्ला कारागारमा मतदान सुरु हुन सकेको छैन । कारागारका कैदीबन्दी सबैले मतदान गर्न पाउनु पर्छ भन्ने माग गरेपछि मतदान सुरु नभएको हो । प्रमुख जिल्ला अधिकारी मुकेश कुमार केशरीका अनुसार त्यहाँ १ सय ८ जना कैदीमा जम्मा  १४ जना मात्र मतदाता छन् । तर सबैजनाले मतदान गर्न पाउनुपर्ने माग गरेकाले  मतदान सुरू हुन ढिला भएको छ ।  मतदाता नामावलीमा नाम भएकाले आयोगको निर्धारित समयमै  मतदान गर्न पाउने व्यवस्था छ । तर विवादका कारण मतदान सुरु हुनसकेकाे छैन । जिल्ला निर्वाचन अध...

हुम्लाका कैदीबन्दीले गरे मतदान

म्याग्दी : हुम्ला कारागारमा रहेका कैदीबन्दीले मतदान गरेका छन्। बिहान ८ः३० बजेदेखि कारागार रहेका कैदीबन्दीले सामानुपातिक उम्मेदवारलाई मतदान गरेका हुन्।२० कैदीबन्दीमध्ये १५ जनाले मतदान गरेको जिल्ला निर्वाचन कार्यालय हुम्लाका निमित्त निर्वाचन अधिकारी श्यामबहादुर रानाले जानकारी दिए। पाँच कैदीबन्दीको मतदाता नामावली उनीहरूकै गाउँमा रहेकाले मतदान गर्न नपाएको उनले बताए।कारागारमा रहेको अस्थायी मतदान केन्द्रबाट कैदीबन्दी कर्मचारीलगायतले मतदान गर्ने निर्वाचन अधिकारीले जानकारी दिए।

मतदानको व्यवस्था हुँदाहुँदै कैदीबन्दी मतदानबाट वञ्चित

काठमाडौं । सुरक्षाकर्मी, कैदीबन्दी, वृद्धाश्रमका ज्येष्ठ नागरिक र कर्मचारीले प्रतिनिधि सभाको समानुपातिकमा मात्रै मतदान गर्न पाउने भएका छन् । १ सय ४१ अस्थायी मतदान केन्द्रबाट ४ लाख ४८ हजार मतदाताले यो सुविधा उपभोग गर्ने छन् । मतदाता नामावलीमा नाम छुट्दा १ लाख ३१ हजार सुरक्षाकर्मी र कर्मचारी मताधिकारको सुविधाबाट वञ्चित हुने छन् । संघ, प्रदेश […]

पाल्पाका ७७ कैदीबन्दीले मतदान गर्ने

आसन्न प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनमा जिल्ला कारागारमा रहेका ७७ कैदीबन्दीले मतदान गर्न पाउने भएका छन् । जिल्ला कारागारमा दुई सय ७७ कैदीबन्दी भए पनि ७७ जनाले मात्र मतदान गर्ने जिल्ला निर्वाचन कार्यालयले जनाएको छ । अन्य कैदीबन्दीको नाम मतदाता नामावलीमा समावेश नभएको कार्यालयका सूचना अधिकारी कल्पना पौडेलले जानकारी दिइन् ।सर्वोच्च अदालतले सरकारी कर्मचारी, सुरक्षाकर्मी र कैदीबन्दीलाई पनि प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनमा मतदान गर्न पाउने व्यवस्था गर्न आदेश दिएको थियो । निर्वाचनमा खटिने सुर

झापा कारागारका एक सय ४८ कैदीबन्दीले मतदान गर्न पाउने

आसन्न मङ्सिर ४ गते हुने निर्वाचनमा झापा कारागारमा रहेका कैदीबन्दीमध्ये एक सय ४८ जनाले मतदान गर्न पाउने भएका छन्। कारागारका एक हजार चार सय २७ जना कैदीबन्दी रहेका जनाइएको छ।...

कारागारका एक सय ४८ जनाले मतदान गर्न पाउने

आसन्न मङ्सिर ४ गते हुने निर्वाचनमा झापा कारागारमा रहेका कैदीबन्दीमध्ये एक सय ४८ जनाले मतदान गर्न पाउने भएका छन् । कारागारका एक हजार चार सय २७ जना कैदीबन्दी रहेका जनाइएको छ । मतदाता नामावलीमा नाम भएका कैदीबन्दीले मात्र प्रतिनिधिसभा सदस्यको समानुपातिकतर्फ मतदान गर्न पाउने निर्वाचन कार्यालय झापाले जनाएको छ । कार्यालयका प्रमुख तुलसीप्रसाद नेपालले कारागार परिसरभित्रै अस्थायी मतदान केन्द्र स्थापना गरेर उनीहरूलाई मतदानको व्यवस्था गरिने बताए । उनले भने, “कैदीबन्दी धेरै भए पनि मतदाता नामा

बागलुङमा कैदीबन्दी, सुरक्षाकर्मी र कर्मचारीलाई अस्थायी मतदान केन्द्र

कारागारका कैदी बन्दी र चुनावमा नखटिने सुरक्षाकर्मी तथा निजामती कर्मचारीका लागि यहाँ दुई अस्थायी मतदान केन्द्र तोकिएको छ । कारागार र जिल्ला समन्वय समितिको कार्यालयमा मतदान केन्द्र रहने जिल्ला निर्वाचन कार्यालयले जनाएको छ ।मतदाता नामावलीमा नाम भएका कैदीबन्दीलाई कारागारबाटै मतदान गर्ने व्यवस्था गरिएको जिल्ला निर्वाचन अधिकारी यज्ञप्रसाद रिजालले बताए । चुनावमा नखटने कर्मचारी, सुरक्षाकर्मीलगायतले जिससमा रहने अस्थायी मतदान केन्द्रबाट मतदान गर्ने उनको भनाइ छ ।“चुनावमा खटिएका कर्मचारी, सुरक्षाकर्मी

कैदीबन्दी, सुरक्षाकर्मी र कर्मचारीलाई अस्थायी मतदान केन्द्र

कारागारका कैदीबन्दी र चुनावमा नखटिने सुरक्षाकर्मी तथा निजामती कर्मचारीका लागि यहाँ दुई अस्थायी मतदान केन्द्र तोकिएको छ।...

कैदीबन्दी, सुरक्षाकर्मी र कर्मचारीलाई अस्थायी मतदान केन्द्र

बागलुङ– कारागारका कैदीबन्दी र चुनावमा नखटिने सुरक्षाकर्मी तथा निजामती कर्मचारीका लागि यहाँ दुई अस्थायी मतदान केन्द्र तोकिएको छ । कारागार र जिल्ला समन्वय समितिको कार्यालयमा मतदान केन्द्र रहने जिल्ला निर्वाचन कार्यालयले जनाएको छ । मतदाता नामावलीमा नाम भएका कैदीबन्दीलाई कारागारबाटै मतदान गर्ने व्यवस्था गरिएको जिल्ला निर्वाचन अधिकारी यज्ञप्रसाद रिजालले बताए । चुनावमा नखट्ने कर्मचारी, सुरक्षाकर्मीलगायतले […]