जुम्ला कारागारमा मतदान हुन सकेन

जुम्ला – जुम्ला कारागारमा मतदान सुरु हुन सकेको छैन । कारागारका कैदीबन्दी सबैले मतदान गर्न पाउनु पर्छ भन्ने माग गरेपछि मतदान सुरु नभएको हो । प्रमुख जिल्ला अधिकारी मुकेश कुमार केशरीका अनुसार त्यहाँ १ सय ८ जना कैदीमा जम्मा  १४ जना मात्र मतदाता छन् । तर सबैजनाले मतदान गर्न पाउनुपर्ने माग गरेकाले  मतदान सुरू हुन ढिला भएको छ ।  मतदाता नामावलीमा नाम भएकाले आयोगको निर्धारित समयमै  मतदान गर्न पाउने व्यवस्था छ । तर विवादका कारण मतदान सुरु हुनसकेकाे छैन । जिल्ला निर्वाचन अध...