आसन्न मङ्सिर ४ गते हुने निर्वाचनमा झापा कारागारमा रहेका कैदीबन्दीमध्ये एक सय ४८ जनाले मतदान गर्न पाउने भएका छन् । कारागारका एक हजार चार सय २७ जना कैदीबन्दी रहेका जनाइएको छ । मतदाता नामावलीमा नाम भएका कैदीबन्दीले मात्र प्रतिनिधिसभा सदस्यको समानुपातिकतर्फ मतदान गर्न पाउने निर्वाचन कार्यालय झापाले जनाएको छ । कार्यालयका प्रमुख तुलसीप्रसाद नेपालले कारागार परिसरभित्रै अस्थायी मतदान केन्द्र स्थापना गरेर उनीहरूलाई मतदानको व्यवस्था गरिने बताए । उनले भने, “कैदीबन्दी धेरै भए पनि मतदाता नामा