काठमाडाैं : केन्द्रीय कारागार जगन्नाथदेवल मतदान केन्द्रबाट सात कैदीबन्दीले मतदान गरेका छन्। आठ कैदीबन्दीको मतदाता नामावलीमा नाम रहे पनि सात कैदीबन्दीले मतदान गरिसकेको मतदान अधिकृत ईश्वरीप्रसाद अर्यालले जानकारी दिए। एक कैदीबन्दीको भने यसअघि नै अर्को कारागारमा स्थानान्तरण भएको थियो। बिहान ७ बजे नै मतदान सुरु भएमा ८ बजेअगावै उनीहरूले मतदान गरेका हुन्। सो मतदान केन्द्रमा आठ कैदीबन्दी र १२ कर्मचारी गरी २० जनाको मतदाता नामावली कायम थियो। मतदाता सूचीमा रहेका १२ मध्ये ११ कर्मचारी निर