आसन्न प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनमा जिल्ला कारागारमा रहेका ७७ कैदीबन्दीले मतदान गर्न पाउने भएका छन् । जिल्ला कारागारमा दुई सय ७७ कैदीबन्दी भए पनि ७७ जनाले मात्र मतदान गर्ने जिल्ला निर्वाचन कार्यालयले जनाएको छ । अन्य कैदीबन्दीको नाम मतदाता नामावलीमा समावेश नभएको कार्यालयका सूचना अधिकारी कल्पना पौडेलले जानकारी दिइन् ।सर्वोच्च अदालतले सरकारी कर्मचारी, सुरक्षाकर्मी र कैदीबन्दीलाई पनि प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनमा मतदान गर्न पाउने व्यवस्था गर्न आदेश दिएको थियो । निर्वाचनमा खटिने सुर