काठमाडौँ- नेपाली कांग्रेसका नेता तथा प्रतिनिधिसभा सदस्य चन्द्र भण्डारीले आमाको रिक्तताको परिकल्पनाले आफूलाई अपूरणीय पीडाको अनुभूति भएको बताएका छन्। भारतको मुम्बईमा उपचार गराइरहेका भण्डारीले मातातीर्थ औँसीको अवसरमा भावुक हुँदै फेसबुकमार्फत् यस्तो बताएका हुन्। उनले आमा भौतिक रूपमा नभएको अस्पतालको शैय्यामा थाहा पाएको पनि उल्लेख गरेका छन्। साथै उनले आमाले देखाएकाे सत्मार्गमा हिँड्न सकूँ भनी कामनासमेत […]