तीन डीआईजीको मुद्दा आज पनि एकल इजलासमा

काठमाडौं, २२ चैत्र । प्रहरी नायव महानिरीक्षक (डीआईजी) हरू ईश्वरबाबु कार्की, घनश्याम अर्याल र प्रकाश कार्कीले प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी) पदमा भएको बढुवा सिफारिस निर्णयविरुद्ध दायर रिट मंगलबार पनि पेशी तोकिएको छ । न्यायाधीश डा.कुमार चुडालको एकल इजलासमा रिटको पेसी तोकिएको हो । आइतबार न्यायाधीश कुमार रेग्मीको एकल इजलासमा तोकिएको थियो । आइतबार र सोमबार […]

सम्बन्धित सामग्री

बालेन शाहविरुद्धको मुद्दा न्यायाधीश श्रेष्ठको एकल इजलासमा

काठमाडौं,१२ असार । काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहविरुद्ध सर्वोच्च अदालतमा परेको अदालतको अवहेलना सम्बन्धिको मुद्दामा सुनुवाइका लागि न्यायाधीश तिलप्रसाद श्रेष्ष्ठको एकल इजलासमा पेसी तोकिएको छ । गएको आइतबार र सोमबार तोकिएको पेसी ‘हेर्न नभ्याइने’ हुँदै स्थगित गरिएको थियो । न्यायाधीश प्रकाशकुमार ढुंगानाको इजलासमा परेको रिट दुवैपटक स्थगित गरिएको थियो । भारतीय चलचित्र प्रर्दशनमा रोक नलगाउन […]

चार्ल्स शोभराजको मुद्दा न्यायाधीश सिन्हाको एकल इजलासमा

काठमाडौं । बिकिनी किलर फ्रान्सेली नागरिक चाल्र्स शोभराजको मुद्दा न्यायाधीश अनिलकुमार सिन्हाको एकल इजलासमा परेको छ । उमेर हदका कारण कारागारबाट रिहाइ गराइपाउँ भन्दै शोभराजले दिएको बन्दी प्रत्यक्षीकरणको निवेदन आज सिन्हाको एकल इजलासमा परेको हो । नेपालमा भएको दुई विदेशी नागरिकको हत्यामा संलग्न रहेको कसुरमा सर्वोच्च अदालतले जन्मकैदको सजाय सुनाइएका शोभराजले आफू वृद्ध भएको कारण […]

प्रधानन्यायाधीश जबराले एकल इजलासमा सुनुवाई गरे

काठमाडौं, १४कार्तिक । नेपाल बार एशोसिएशनको आन्दोलनका बावजुदपनि प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराले आज एकल इजलासमा सुनुवाई गरेका छन् । प्रधानन्यायाधीश जबराले आज दिउँसो पौने चार बजेतिर एकल इजलासमा सुनुवाई गरेका छन् ।  उनले नेपाली सेनाको सैनिक विशेष अदालतमा पुगेको मुद्दा जोडिएको क्षेत्र अधिकारको विषयमा प्रारम्भिक सुनुवाइ गरेका छन् । महान्याधिवक्ता कार्यालयले दर्ता गरेको रिट निवेदनमा […]

न्यायालयमा विवाद : प्रधानन्यायाधीशले तोके इजलास, आफैंलाई राखे २८ मुद्दा!

काठमाडौं : प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराले विवादबीच आज पनि ८ ओटा इजलास तोकेका छन्। प्रधानन्यायाधीशविरुद्ध न्यायाधीशहरूको आन्दोलन चर्किरहेको बेलामा इजलास तोकेका हुन्। पेशी तोकिएको एक सय ६७ मुद्दामध्ये प्रधानन्यायाधीश जबराले आफ्नो एकल इजलासमा २८ वटा मुद्‍दा राखेका छन्। बुधबार पनि प्रधानन्यायाधीश एक्लैले मुद्दा हेरेका थिए। उनले बुधबार ११ वटा इजलास तोकेका थिए। अन्य न्यायाधीशहरूले बहिष्कार गरेपछि प्रधानन्यायाधीश राणाको एकल इजलासले ५ वटा मुद्दा सुनुवाइ गरेका थिए। प्रधानन्यायाध

चोलेन्द्र श्रीमान्को एकल इजलासमा २८ मुद्दा !

प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराले बिहीबार पनि आफ्नै एकल इजलासमा पेसी तोकेका छन् । बुधबार आफ्नो इजलासमा ५ वटा मुद्दा राखेर ५ वटै मुद्दामा आदेश गरेका प्रधानन्यायाधीश जबराले बिहीबार भने २८ वटा मुद्दाको एक्लै भारी बोकेका हुन् । सर्वोच्चका अन्य न्यायाधीशहरु इजलास बहिष्कार गरेर पेसीको भद्र अवज्ञा गर्दा प्रधानन्यायाधीश जबरा भने एकल इजलासमा पेसी राखेर मुद्दाको सुनुवाई गरिरहेका छन् । अन्य न्यायाधीशहरूले राजीनामा माग गरिरहँदा प्रधानन्यायाधीश भने राजीनामा नदिने र सक्छौ भने महाभियोग लगाएर हटाउ भन्

प्रधानन्यायाधीश जबराले तोके पेशी, आफ्नो इजलासमा ३० थान मुद्दा

प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराले आज पनि आफ्नो एकल इजलास तोकेका छन् । बिहीवार तोकिएको पेशीमा बृहत् पूर्ण इजलास, संयुक्त इजलास साथै जबराले पनि आफ्नो एकल इजलास तोकेका हुन् । प्रधानन्यायाधीश जबराले आफ्नो एकल इजलासमा ३० वटा मुद्दा राखेका छन् ।  विविध, उत्प्रेषण, लागुऔषध खैरो हेरोइन, उत्प्रेषण परमादेश लगायतका मुद्दा उनले आफ्नो इजलासमा राखेका हुन् ।  सहकर्मी न्यायाधीशहरूले इजलास बहिष्कार गर्दै आन्दोलित भइरहेका बेला जबराले बुधवार पनि आफ्नो एकल इजलासमा ५ वटा मुद्दा राखेर सुनुवाइ गरेका थिए । त्यसै गरी न्याय...

प्रधानन्यायाधीश एक्लैले हेरे मुद्दा, न्यायाधीशद्वारा बहिष्कार !

काठमाडौं : प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराले बुधबार एक्लै मुद्दा हेरेका छन्। प्रधानन्यायाधीशको भूमिकालाई लिएर न्यायाधीशको आन्दोलनका बीच राणा एक्लैले मुद्दा हेरेका हुन्। न्यायाधीशले दुई दिनदेखि इजलास बहिष्कार गरे पनि प्रधानन्यायाधीश जबराले आज पनि इजलास तोकेका थिए। न्यायाधीशहरूको आन्दोलनका बीच प्रधानन्यायाधीशले ११ वटा इजलास तोकेका थिए। अन्य न्यायाधीशहरूले बहिष्कार गरेपछि प्रधानन्यायाधीश राणाको एकल इजलासले ५ वटा मुद्दा सुनुवाइ गरेको हो। प्रधानन्यायाधीश मुद्दा सुनुवाइमा लागे

प्रधानन्यायाधीश जबरा आफैंले हेर्न थाले मुद्दा

काठमाडौँ । आफ्नो राजीनामा माग गर्दै न्यायाधीशले मुद्दा नहेरिरहेका बेला प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबरा आफैं भने इजलासमा बसेका छन् । आफ्नो एकल इजलास राखेका उनले पाँचवटा मुद्दामा आदेश दिएका छन् । उनले अदालतको अपपहेलना, बन्दी प्रत्यक्षकीकरण र कालाबजार तथा कन्य केही कसर सम्बन्धी मुद्दा हेर्दै आदेश दिएका हुन् । लगतारमा छलफलमा जुटेका अरु न्यायाधीशले मुद्दा नहेर्नुका […]

संसद विघटनसम्बन्धी सबै मुद्दा संवैधानिक इजलासमा

काठमाडौं। संसद विघटनसम्बन्धी सबै रिटलाई संवैधानिक इजलासमार्फत सुनुवाइ गर्ने भएको छ। प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबराको एकल इजलासले संसद विघटनसम्बन्धी सबै मुद्दा संवैधानिक इजलासमा पठाउन आदेश दिएको हो। संसद विघटनसम्बन्धी ११ वटा मुद्दा यसअघि नै संवैधानिक इजलासमा दर्ता भएका छन् । संवैधानिक इजलासमा शुक्रबारका लागि पेसी तोकिएको छ।

माधव नेपाल समुहको मुद्दा ६ नम्बर पेशीमा

नेकपा (एमाले) का वरिष्ठ नेता माधवकुमार नेपाल समूहको मुद्दा सोमबार पनि सर्वोच्च अदालतको पेशीमा चढेको छ । न्यायाधीश प्रकाशकुमार ढुंगानाको एकल इजलासमा सो मुद्दा सुनुवाइका लागि ६ नम्बरमा पेशी तोकिएको हो आइतबार पनि उक्त मुद्दा ढुंगानाकै इजलासमा परेको थियो ।तर, आइतबार हेर्न नभ्याउने भन्दै सुनुवाइ सोमबारलाई सरेको थियो । पेशी सूचीमा नेपाल समुहको मुद्दा अगाडि पाँचवटा बन्दी प्रत्यक्षीकरण सम्बन्धी मुद्दा छन् ।एमाले अध्यक्ष केपी शर्मा ओलीले पार्टी विधानविपरीत आफूहरूलाई कारबाही गरेको भन्दै सो समूहका चा