नेकपा (एमाले) का वरिष्ठ नेता माधवकुमार नेपाल समूहको मुद्दा सोमबार पनि सर्वोच्च अदालतको पेशीमा चढेको छ । न्यायाधीश प्रकाशकुमार ढुंगानाको एकल इजलासमा सो मुद्दा सुनुवाइका लागि ६ नम्बरमा पेशी तोकिएको हो आइतबार पनि उक्त मुद्दा ढुंगानाकै इजलासमा परेको थियो ।तर, आइतबार हेर्न नभ्याउने भन्दै सुनुवाइ सोमबारलाई सरेको थियो । पेशी सूचीमा नेपाल समुहको मुद्दा अगाडि पाँचवटा बन्दी प्रत्यक्षीकरण सम्बन्धी मुद्दा छन् ।एमाले अध्यक्ष केपी शर्मा ओलीले पार्टी विधानविपरीत आफूहरूलाई कारबाही गरेको भन्दै सो समूहका चा