प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराले बिहीबार पनि आफ्नै एकल इजलासमा पेसी तोकेका छन् । बुधबार आफ्नो इजलासमा ५ वटा मुद्दा राखेर ५ वटै मुद्दामा आदेश गरेका प्रधानन्यायाधीश जबराले बिहीबार भने २८ वटा मुद्दाको एक्लै भारी बोकेका हुन् । सर्वोच्चका अन्य न्यायाधीशहरु इजलास बहिष्कार गरेर पेसीको भद्र अवज्ञा गर्दा प्रधानन्यायाधीश जबरा भने एकल इजलासमा पेसी राखेर मुद्दाको सुनुवाई गरिरहेका छन् । अन्य न्यायाधीशहरूले राजीनामा माग गरिरहँदा प्रधानन्यायाधीश भने राजीनामा नदिने र सक्छौ भने महाभियोग लगाएर हटाउ भन्