असार १०, काठमाडौं । साताको अन्तिम कारोबार दिन बिहीवार अपर तामाकोशी हाइड्रोपावर कम्पनीको शेयरमूल्यमा सकारात्मक सर्किट लागेको छ ।
यो समाचार तयार पार्दाको समय १ : १५ बजेसम्ममा कम्पनीको शेयरमूल्य अघिल्लो कारोबार दिनको तुलनामा ९ दशमलव ८८ प्रतिशतले वृद्धि भएको हो ।
उक्त अवधिमा कम्पनीको शेयरमूल्य प्रतिकित्ता रू. ७४५ पुगेको छ ।
कम्पनीको शेयरमा विक्रेताभन्दा क्रेता धेरै भएकाले मूल्य बढेको हो । मार्केट डेप्थमा हेर्दा कम्पनीको शेयरमा १ लाख ३६ हजार ९९५ कित्ता शेयर खरीद माग छ भने विक्री अर्डर भने ४१६ कित्ता मात्र रहेको छ ।