आजबाट पश्चिम नेपालमा मौसम सुधार हुने, काठमाडौंमा कस्तो रहन्छ ?

पश्चिमी न्यून चापीय प्रणालीका कारण शुक्रवार देशभर बदली र वर्षा भयो । शनिवार पश्चिम नेपालमा मौसम सफा हुनेछ भने पूर्वी नेपालमा वर्षा र हिमपातको सम्भावना रहेको छ । जल तथा मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाका मौसमविद् राजु प्रधानांगका अनुसार शुक्रवार देशभर नै घाम लागेन । ‘यो प्रणाली अलि ठूलो भएकाले शुक्रवार दिनभर नै हल्कादेखि मध्यम वर्षा र उच्च हिमाली क्षेत्रमा हिमपात भयो,’ उनले भने । केहीबेर पानी पर्ने, रोकिने, फेरि पानी पर्ने भइरहँदा दिनभर जनजीवन प्रभावित बन्यो । पश्चिम नेपालमा वर्षा र उ...

सम्बन्धित सामग्री

ढाक्यो तराई हुस्सु र कुहिरोले, काठमाडौंमा सुधार

मौसम पूर्वानुमान महाशाखाका अनुसार पश्चिमी न्यून चापीय प्रणालीका कारण मौसममा खराबी आएको हो । काठमाडौं उपत्यकामा भने मौसममा सुधार आएको छ । आजको न्यूनतम तापक्रम ३.५ डिग्री सेल्सियस रहेको छ ।

मौसममा आंशिक सुधार

काठमाडौं । देशको सङ्घीय राजधानी काठमाडौं उपत्यकासहित आसपासका क्षेत्रमा झरी रोकिएपछि मौसमा सुधार भएको छ । पानी पार्ने प्रणाली पश्चिमतर्फ सरेसँगै काठमाडौंसहित आसपासका क्षेत्रमा बिहानदेखि घाम लागेको हो । काठमाडौंमा घाम लागे साँझ भने हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । शुक्रबारदेखि पूर्वबाट मौसममा केही सुधार देखिएको तर पश्चिममा […]

उपत्यका आसपास क्षेत्रमा रोकियो झरी, मौसममा आंशिक सुधार

काठमाडौं :  देशको संघीय राजधानी काठमाडौं उपत्यकासहित आसपासका क्षेत्रमा झरी रोकिएपछि मौसमा सुधार भएको छ। पानी पार्ने प्रणाली पश्चिमतर्फ सरेसँगै काठमाडौंसहित आसपासका क्षेत्रमा बिहानदेखि घाम लागेको हो। काठमाडौंमा घाम लागे साँझ भने हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।शुक्रबारदेखि पूर्वबाट मौसममा केही सुधार देखिएको तर पश्चिममा पानी पर्ने मौसमविद् सञ्जीव अधिकारीले जानकारी दिए। उनका अनुसार कर्णाली, लुम्बिनी र सुदूरपश्चिम प्रदेशमा ठूलो वर्षाको सम्भावना

कस्तो हुनेछ आज काठमाडौंको मौसम ?

काठमाडौं । तीन दिनदेखिको लगातारको झरी आज बिहानबाट काठमाडौंमा केही कम भएको छ । यद्यपि, पानी नपरे पनि मौसममा बदली रहेको छ । आज दिनभर काठमाडौंको मौसममा बदली हुने मौसमविद् राजु प्रधानाङ बताउँछन् ।  “हिजो अस्तिको तुलनामा आज काठमाडौंको मौसममा केही सुधार आएको छ । बिहान केही खुलेको र घाम देखिएको...

मौसममा सुधार आउन अझै केही दिन लाग्ने, आंशिकदेखि सामान्य बदलीको सम्भावना

माघ ११, काठमाडौं । पश्चिमी न्यून चापीय प्रणालीको आंशिक प्रभावले देशभर आंशिकदेखि सामान्य बदली रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।             देशको पहाडी भू–भागका थोरै स्थानमा हल्का वर्षाको सम्भावना रहेको र देशका उच्च पहाडी तथा हिमाली भूभागका केही स्थानमा हल्का हिमपातको सम्भावना रहेकाले चिसोबाट बच्न र त्यसको प्रभावबाट जोगिन आवश्यक सुरक्षा तथा सतर्कता अपनाउन अनुरोध गरिएको छ ।             राजधानी काठमाडौंमा बिहान अबेर आकाश केही खुलेर घाम लागेको भए पनि अहिले आंशिक बदली रहेको छ । महाशाखाका मौसमविद्को भनाइमा मौसम हिजोका दिनमा भन्दा मंगलवार तुलनात्मक सुधार आएको छ । पूर्णरुपमा सुधार हुन अझै केही दिन लाग्नेछ । विगतको तुलनामा मंगलववार मध्याह्नपछि बदली हुनुका साथै थोरै स्थानमा हल्का वर्षाको सम्भावना रहेको छ । महाशाखाले अबका केही दिन बिहानीपख मौसम केही खुले पनि मध्याह्नपछि पुनः बदली र हल्का वर्षाको सम्भावना रहेको बताएको छ ।             अहिले देशको पहाडी भूभागमा आंशिकदेखि सामान्य बदली रहने र बाँकी भू–भागमा आंशिक बदली रहने छ । देशको पहाडी भेगका थोरै स्थानमा हल्का वर्षाको सम्भावना रहेको छ । देशका उच्च पहाडी तथा हिमाली भेगका थोरै स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ । रातिको समयमा पनि देशको पहाडी भूभागमा आंशिकदेखि सामान्य बदली रहने र बाँकी भूभागमा आंशिक बदली रहने छ ।             बुधवार पनि देशभर आंशिकदेखि सामान्यतया बदली रहने छ ।मंगलवरा काठमाडौंको न्यूनतम तापक्रम ४ दशमलव ५ र अधिकतम तापक्रम १५ दशमलव ५ डिग्रीसेल्सियस रहेको छ । रासस

चार दिन पछि काठमाडौंमा बिहानै घाम लाग्यो, आज पनि पर्छ पानी ?

काठमाडौं । पछिल्लो चार दिनदेखिको झरी थामिँदै गएको छ । न्यून चापिय प्रणाली र पश्चिमी वायुका कारण नेपालमा पछिल्लाे बाढीपहिरोले ९२ जनाको ज्यान गइसकेको छ । बिहीबारबाट मौसममा केही सुधार आएको मौसम पूर्वानुमान महाशाखाले जानकारी दिएको छ । महाशाखाका अनुसार अब हिजोअस्तीजस्तो अतिभारी वर्षाको सम्भावना न्यून छ । बिहीबार बिहान काठमाडौं उपत्यकामा घाम लागेको छ । […] The post चार दिन पछि काठमाडौंमा बिहानै घाम लाग्यो, आज पनि पर्छ पानी ? appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-RajdhaniDaily.com - Online Nepali News Portal.

तस्वीर : मौसम सुधार भएपछि देखिएको हिमाल

लामो समयपछि काठमाडौंमा मौसम सुधार आएसँगै यहाँबाट देखिएको चकमन हिमालको दृश्य । तस्वीर : रासस

आजदेखि मौसममा सुधार, बिहानै उपत्यकामा घाम लाग्यो

पश्चिमी न्यूनचापीय प्रणालीका कारण हाल कायम रहेको बदली आइतबारदेखि हट्दै गएको छ । आइतबार बिहानै राजधानी काठमाडौंमा घाम लागेको छ । गोरखापत्र दैनिकका अनुसार हल्का हिउँदे वर्षा र उच्च हिमाली भेगमा हिमपात गराउन सक्रिय रहेको पश्चिमी वायुको प्रभाव शनिबार रातिदेखि विस्तारै कम हुँदै गएको र आइतबारदेखि मौसम सफा हुँदै जाने छ । शनिबारसम्म  सुदूरपश्चिम  र  कर्णाली  प्रदेशमा  आंशिक बदली रही बाँकी प्रदेशका भूभागमा आंशिकदेखि सामान्य बदली रहेको थियो । प्रदेश १ का धेरै स्थान तथा प्रदेश २, बागमती प्रदेश र ...

काठमाडौंमा कुहिरो, आज वर्षा र हिमपातको सम्भावना कति?

काठमाडौंः बिहीबारदेखि जारी हिमपात र वर्षामा आजदेखि क्रमिक रूपमा सुधार हुँदै जाने मौसमविद्ले बताएका छन् । अहिले पनि देशको पश्चिमी क्षेत्रका केही स्थानमा वर्षा र हिमपात भइरहेको मौसम पूर्वानुमान महाशाखाकी मौसमविद् ...

मौसमी खराबीका कारण भिजिबिलिटी कम हुँदा हेलिकप्टर

मौसमा आएको खराविले गर्दा लुक्लाबाट काठमाडौंका लागि उडेको ८ हेलिकप्टर मध्य २ मात्र काठमाडौंमा अबतरण गरेका छन् । वायुयान संचालक संघका प्रवक्ता योगराज कंडेलका अनुसार लुक्लाबाट ८ हेलिकप्टर उडान गरेकोमा बीचमा खराव मौसम विकास भ्एर विभिन्न ठाँउमा अवतरण गरेर बसेको अवस्था छ । मौसममा सुधार हुने वित्तिकै काठमाडौंमा उडान गर्ने बताए ।