पश्चिमी न्यूनचापीय प्रणालीका कारण हाल कायम रहेको बदली आइतबारदेखि हट्दै गएको छ । आइतबार बिहानै राजधानी काठमाडौंमा घाम लागेको छ ।
गोरखापत्र दैनिकका अनुसार हल्का हिउँदे वर्षा र उच्च हिमाली भेगमा हिमपात गराउन सक्रिय रहेको पश्चिमी वायुको प्रभाव शनिबार रातिदेखि विस्तारै कम हुँदै गएको र आइतबारदेखि मौसम सफा हुँदै जाने छ ।
शनिबारसम्म सुदूरपश्चिम र कर्णाली प्रदेशमा आंशिक बदली रही बाँकी प्रदेशका भूभागमा आंशिकदेखि सामान्य बदली रहेको थियो । प्रदेश १ का धेरै स्थान तथा प्रदेश २, बागमती प्रदेश र ...