काठमाडौं : देशको संघीय राजधानी काठमाडौं उपत्यकासहित आसपासका क्षेत्रमा झरी रोकिएपछि मौसमा सुधार भएको छ। पानी पार्ने प्रणाली पश्चिमतर्फ सरेसँगै काठमाडौंसहित आसपासका क्षेत्रमा बिहानदेखि घाम लागेको हो। काठमाडौंमा घाम लागे साँझ भने हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।शुक्रबारदेखि पूर्वबाट मौसममा केही सुधार देखिएको तर पश्चिममा पानी पर्ने मौसमविद् सञ्जीव अधिकारीले जानकारी दिए। उनका अनुसार कर्णाली, लुम्बिनी र सुदूरपश्चिम प्रदेशमा ठूलो वर्षाको सम्भावना