बाढी र डुबानका कारण प्रभावित भएका मुलुकको पश्चिमी क्षेत्रमा बुधबार बिहानैदेखि घाम लागेको छ । झन्डै एक हप्तासम्म परेको झरी रोकिएपछि आजबाट मौसममा सुधार भएको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । आज बिहानैदेखि पश्चिमी क्षेत्रमा घाम लागेको भए पनि मनसुनी प्रणाली कायमै रहेकाले दिउँसो र बेलुकीपख भने क्षणिक वर्षाको सम्भावना रहेको मौसमविद् वरुण पौडेलले जानकारी …