विपक्षी गठबन्धनद्वारा सांसदलाई बन्दक बनाउने र निर्देशन दिने मुख्यमन्त्रीलाई कारबाहीको माग

बुटवल- लुम्बिनी प्रदेशका विपक्षी गठबन्धनले मुख्यमन्त्रीकै निर्देशनमा सांसदलाई बन्धक बनाएको घटनाको निन्दा गरेका छन्। माओवादी केन्द्रकी सांसद विमला कुमारी खत्री वलीलाई साउन १५ गते मुख्यमन्त्री शंकर पोखरेलको निर्देशन र एमाले प्रमुख सचेतक भूमिश्वर ढकालको प्रत्यक्ष संलग्नतामा घरबाटै अपहरणको शैलीमा मुख्यमन्त्री निवासमा पुर्‍याए…

सम्बन्धित सामग्री

भ्रष्टाचार नियन्त्रणमा केही हुँदै हो ?

केही समययता भ्रष्टाचारीविरुद्ध केही आशलाग्दो काम हुन थालेको छ । नीतिगत भ्रष्टाचार गर्ने र आफ्ना अंगहरूलाई यसको अनुसन्धान गर्न नदिने अवस्थाले जरो गाडेको बेला वर्तमान गठबन्धन सरकार बनेयता केही आशालाग्दा काम देखिएका छन् । यसले कानून छलेर सधैं भ्रष्टाचारबाट जोगिन सकिँदैन भन्ने सन्देश दिन खोजेको छ ।  नेपाली नागरिकलाई भुटानी शरणार्थी बनाउने काण्डमा पूर्व उपप्रधानमन्त्री, पूर्व गृहमन्त्रीदेखि गृहसचिवसम्म समातिएका छन् । त्यस्तै अख्तियारले फाइल बन्द गरेको ललिता निवास काण्डमा पनि अहिले विशेष प्रहरीले फेरि अनुसन्धान थालेको छ । यसमा पनि शक्तिशाली व्यक्तिहरू पक्राउ पर्ने सम्भावना छ । केही त पक्राउ परिसकेका छन् । महालेखा परीक्षकको कार्यालयले पशुपतिनाथको मन्दिरमा चढाइएको जलहरीमा सुन अपुग भएको भनी दिएको प्रतिवेदन अनुसार  छानबिन भइरहेको छ । विनास्रोत अकुत सम्पत्ति कमाएको आरोपमा पशुपति क्षेत्र विकास कोषका पूर्व सदस्यसचिव पक्राउ परेका छन् । त्यस्तै नेपाल आयल निगमका तत्कालीन महाप्रबन्धक पनि अकुत सम्पत्ति जोडेको आरोपमा विशेष अदालतबाट दोषी ठहर भएका छन् । सिक्टा सिँचाइ आयोजनामा भएको व्यापक भ्रष्टाचारको काण्डमा विशेष अदालतले ठेकेदारलाई सफाइ दिए पनि अख्तियार दुरुपयोग अनुसन्धान आयोग भ्रष्टाचार गर्नेलाई कारबाहीको माग गर्दै सर्वोच्च अदालत गएको छ । पप्पु कन्स्ट्रक्शनका सञ्चालक पक्राउ परिसकेका छन् । यी गतिविधिले सरकार भ्रष्टाचारीमाथि कारबाहीमा सक्रिय रहेको आभास हुन थालेको छ ।  यस्तो सक्रियताले सत्ता र पदको दुरुपयोग गरी भ्रष्टाचार गर्ने व्यक्तिहरूमाझ त्रास पैदा गरेको छ । केही समय कारबाहीबाट जोगिए पनि कुनै पनि बेला भ्रष्टाचारविरुद्ध फाइल खुल्न सक्ने र नियमकानूनअनुसार कारबाहीमा पर्न सक्ने भय पैदा गर्न सक्यो भने खुलमखुला हुने भ्रष्टाचार केही मात्रामा कम गर्न सकिन्छ । अख्तियारले साना कर्मचारीलाई मात्रै कारबाही गरेको आरोप लागिरहेको बेला उसले देखाएको सक्रियताले मुलुकमा भ्रष्टाचार कम हुन मद्दत पुग्ने अपेक्षा गर्न सकिन्छ । यद्यपि अख्तियारले भ्रष्टाचारको आरोपितलाई कमजोर मुद्दा लगाएर चोख्याउने गरेको आरोप पनि लागेको छ । त्यसैले सस्तो प्रचारबाजी र विपक्षीलाई तारो बनाउने मात्र नभई जो दोषी हुन्छन्, ती सबैलाई कारबाहीको दायरामा ल्याएर सरकारले आमसर्वसाधारणको विश्वास जित्न सक्नुपर्छ ।

शंखरापुरका नगरप्रमुखविरुद्ध घरेलु हिंसाको आरोप

काठमाडौं । काठमाडौको शंखरापुर नगरपालिकाका नगरप्रमुख रमेश नापितविरुद्ध आफ्नै श्रीमतीलाई घरेलु हिंसा गरेको भन्दै राष्ट्रिय महिला आयोगमा उजुरी परेको छ । नापितकी श्रीमती सरिता महर्जनले नगरप्रमुख नापित र उनकी दिदी मिलेर आफूलाई मानसिक यातना दिने गरेको र घरमै बन्धक बनाउने गरेको भन्दै कारबाहीको माग गर्दै महिला आयोगमा उजुरी दिएकी हुन् । उनले आयोगमा दिएको उजुरीमा […] The post शंखरापुरका नगरप्रमुखविरुद्ध घरेलु हिंसाको आरोप appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-RajdhaniDaily.com - Online Nepali News Portal-Latest Nepali Online News portal of Nepali Polities, economics, news, top stories, national, international, politics, sports, business, finance, entertainment, photo-gallery, audio, video and more....

सिर्सिया नदीलाई प्रदूषित बनाउने उद्योगलाई कारबाहीको माग

सिर्सिया नदी एवम् वीरगन्ज प्रदूषणमुक्त अभियान वीरगन्जले सिर्सिया नदी प्रदूषणका लागि जिम्मेवार उद्योगहरूलाई कारबाहीको माग गरेको छ । वीरगन्ज महानगरपालिकाबाट निस्कने फोहोरसहित पानीलाई ‘वाटर ट्रिटमेन्ट’ गरी नदीमा हाल्न माग पनि अभियानले गरेको छ ।

महोत्तरीका मिटरब्याजीलाई कारबाही गर्न गिरिराजमणिको माग

काठमाडौं : प्रतिनिधिसभा सदस्य गिरिराजमणि पोखरेलले महोत्तरी र सर्लाही जिल्लामा मिटरब्याजीहरूले स्थानीयलाई ठगी गरिरहेको उल्लेख गर्दै मिटरब्याजीहरूलाई कारबाहीको माग गरेका छन्।प्रतिनिधिसभाको शुक्रबारको बैठकमा समय माग गरी बोल्दै सांसद पोखरेलले अपराधको सूचीमा मिटरब्याजीलाई पनि सामेल गरेको उल्लेख गर्दै यसको लागि कानुन, प्रहरी, प्रशासन र अदालत सबै तयार भइनसकेको तर्फ सरकारको ध्यानाकर्षण गराएका हुन्।उनले मिटरब्याजी विरुद्धको आन्दोलनलाई राष्ट्रिय विषय बनाउने सर्लाहीका डाचाराज वाग्लेको प्रतिगमनविरोधी आन्दोल

लुम्बिनीका मुख्यमन्त्री पाेखरेलमाथि कारबाहीकाे माग

काठमाडौं : सांसदको अपहरण तथा बन्धक बनाउने कार्यमा संलग्न रहेको भन्दै लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलमाथि कारबाही गर्नुपर्ने माग उठेको छ।राष्ट्रियसभाको शुक्रबार बसेको बैठकमा मुख्यमन्त्री पोखरेलमाथि कारबाहीको माग उठेको हो। राष्ट्रियसभा सदस्य प्रमिला कुमारीले सांसदको अपहरण तथा बन्धक बनाउने गतिविधिमा मुख्यमन्त्री पोखरेल संलग्न रहेको भन्दै कारबाहीको माग गरेकी हुन्।उनले भनिन्, ‘माओवादी केन्द्रकी सांसद विमला खत्री वलीलाई साउन १५ गते मुख्यमन्त्री पोखरेलको निर्देशन र एमालेका लुम्बिनी प्र

आन्दोलनलाई थप सशक्त बनाउने चिकित्सकको तयारी

काठमाडौं- दोषिलाई कारबाहीको माग गर्दै विरोधमा उत्रिएका नेपाल मेडिकल कलेजका चिकित्सकहरुले आन्दोलनलाई थप सशक्त बनाउने तयारी गरेका छन्।  घटना भएको एक साता बितिसक्दा पनि सरकारले कुनै...

निर्मलाका हत्यारालाई कारबाहीको माग गर्दै दैलेखमा प्रदर्शन

दैलेख : बलात्कारपछि हत्या गरिएकी कञ्चनपुरकी १३ वर्षीया बालिका निर्मला पन्तको हत्यारालाई कारबाहीको माग र मुलुकमा बढ्दो महँगी कालोबजारी रोक्नु पर्ने माग गर्दै आइतबार दैलेखमा प्रदर्शन गरिएको छ। निर्मला घटना मा सरकारले आयोग मात्र बनाउने तर सत्यतथ्य सार्वजानिक नगरेको भन्दै दैलेखमा नेपाल महिला संघको अगुवाईमा महिला तथा युवाले प्रदर्श...