लुम्बिनीका मुख्यमन्त्री पाेखरेलमाथि कारबाहीकाे माग

काठमाडौं : सांसदको अपहरण तथा बन्धक बनाउने कार्यमा संलग्न रहेको भन्दै लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलमाथि कारबाही गर्नुपर्ने माग उठेको छ।राष्ट्रियसभाको शुक्रबार बसेको बैठकमा मुख्यमन्त्री पोखरेलमाथि कारबाहीको माग उठेको हो। राष्ट्रियसभा सदस्य प्रमिला कुमारीले सांसदको अपहरण तथा बन्धक बनाउने गतिविधिमा मुख्यमन्त्री पोखरेल संलग्न रहेको भन्दै कारबाहीको माग गरेकी हुन्।उनले भनिन्, ‘माओवादी केन्द्रकी सांसद विमला खत्री वलीलाई साउन १५ गते मुख्यमन्त्री पोखरेलको निर्देशन र एमालेका लुम्बिनी प्र

सम्बन्धित सामग्री

एमालेले लुम्बिनी सरकारसँग माग्यो १२ प्रश्नको जवाफ

बुद्ध जन्मस्थल लुम्बिनीमा संघीय सरकारका संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किराँती र लुम्बिनीका मुख्यमन्त्री चौधरी सहभागी रहेको फोटो प्रदर्शनीमा बुद्ध जन्मस्थलसँग सम्बन्धित नेपाली भूमिबारे फैलाउन खोजिएको भ्रमबारे सरकारको धारणा माग गरिएकाे छ ।

एमालेले माग्यो लुम्बिनीका मुख्यमन्त्री केसीको राजीनामा

बुटवल : नेकपा (एमाले) लुम्बिनी प्रदेशसभा संसदीय दलले लुम्बिनी प्रदेशका मुख्यमन्त्री कुलप्रसाद केसीको राजीनामा माग गरेको छ। बुटवलस्थित लुम्बिनी प्रादेशिक अस्पतालको भवन ठेक्कामा सार्वजनिक भएको विवादास्पद सेटिङमा मुख्यमन्त्री केसीको संलग्नता रहेको आरोप लगाउँदै एमालेले उनको राजीनामा माग गरेको हो। एमाले संसदीय दलले बुधवार पत्रकार सम्मेलन गर्दै प्रादेशिक अस्पतालको भवन निर्माणका…

राष्ट्रिय सभामा प्रश्न : मुख्यमन्त्रीको कार्यालय अपहरण गर्ने ठाउँ हो?

कांग्रेस सांसद प्रकाश पन्थले लुम्बिनीका मुख्यमन्त्री शंकर पोखरेलको राजीनामा माग गरेका छन्। आजको राष्ट्रिय सभा बैठकमा उनले लुम्बिनी प्रदेश सांसद विमलाकुमारी खत्रीलाई मुख्यमन्त्री निवासमा बन्दक बनाएको विषयलाई लिएर बिरोध गरेका...

लुम्बिनीका मुख्यमन्त्री शंकर पोखरेलको ‘काउन्ट डाउन’ सुरु

लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलको ‘काउन्ट डाउन’ सुरु भएको छ । सत्तामा रहनका लागि अनेक दाउपेच अपनाएको आरोप लागेका उनी प्रदेशसभाको अंक गणितअनुसार अल्पमतमा देखिन्छन् ।लुम्बिनी प्रदेश प्रमुख अमिक शेरचनले साउन २७ गते बुधबारका लागि प्रदेशसभाको विशेष अधिवेशन आह्वान गरेका छन् । विपक्षी गठबन्धनले माग गरेबमोजिम प्रदेश प्रमुखले विशेष अधिवेशन आह्वान गरेका हुन्, जहाँ विपक्षी गठबन्धनकै तर्फबाट प्रदेशसभा सचिवालयमा दर्ता गरिएको अविश्वास प्रस्तावको छिनोफानो हुनेछ ।विपक्षी गठबन्धनले दुई दिन

लुम्बिनीका मुख्यमन्त्री पोखरेलविरुद्ध अविश्वासको प्रस्ताव दर्ता

यमलाल भुसाल, बुटवल ।  लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेल विरुद्ध अविश्वासको प्रस्ताव दर्ता गरिएको छ । मुख्यमन्त्री पोखरेलविरुद्धको अविश्वास प्रस्तावमाथि छलफल गर्न प्रदेशसभाको विशेष अधिवेशन समेत माग गरेका छन् । विपक्षी नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र, जनता समाजवादी पार्टी र राष्ट्रिय जनमोर्चाका सांसदले प्रदेशसभा सचिवालयमा अविश्वासको प्रस्ताव दर्ता गराएका हुन् । त्यसपछि प्रदेश प्रमुख अमिक […]

लुम्बिनीका मुख्यमन्त्री पोखरेलको राजीनामा माग

काठमाडौं : विपक्षी गठबन्धनले लुम्बिनी प्रदेश सरकारका मुख्यमन्त्री शंकर पोखरेलको राजीनामा मागेको छ। शुक्रबार पत्रकार सम्मेलन गरी विपक्षी गठबन्धनले मुख्यमन्त्री पोखरेलको राजीनामा माग गरेको हो।स्वेच्छाचारी ढंगले सरकार संचालन नगरि मुख्यमन्त्रीलाई तत्काल राजीनामा दिन गठबन्धनले माग गरेको हो। निरन्तर वैधानिकतामाथि प्रश्न उठाउँदै आएको गठबन्धन दलले सरकारले संसद छलेर अध्यादेशबाट बजेट जारी गरेपछि मुख्यमन्त्रीको राजीनामा माग गरेको हो।मुख्यमन्त्री पोखरेल अल्पमतमा रहेपछि हठात् रुपमा प्रदेशसभा अधिवेशन अन्

लुम्बिनीमा प्रदेशसभाको विशेष अधिवेशन माग

बुटवल। विपक्षी गठबन्धनले प्रदेशसभाको विशेष अधिवेशन आह्वानका निवेदन दिएको छ। ४० सांसदको हस्ताक्षरसहित लुम्बिनीका मुख्यमन्त्री शंकर पोखरेलविरुद्ध अविश्वाको प्रस्ताव दर्ता गराएको कांग्रेस, माओवादी केन्द्र र जसपको गठबन्धनले प्रदेश प्रमुख धर्मनाथ यादवसमक्ष निवेदन दिएको हो। अविश्वासको प्रस्तावमाथि छलफल गर्न अधिवेशन आह्वानको माग गरिएको छ। उनीहरुले माओवादी केन्द्रका प्रदेशसभा संसदीय दलका नेता कुलप्रसाद केसीलाई नयाँ मुख्यमन्त्रीमा प्रस्ताव गरेका छन्।

विपक्षी गठबन्धनद्वारा लुम्बिनीका मुख्यमन्त्री पोखरेलको राजीनामा माग

लुम्बिनी प्रदेशको विपक्षी गठबन्दनले मुख्यमन्त्री शंकर पोखरेलको राजीनामा माग गरेको छ । एमाले अल्पमतमा रहेका बेला असंवैधानिक तबरबाट सरकार बनाएको बताउँदै पोखरेलको तत्काल राजीनामा माग गरी प्रदेशसभाको बैठक आह्वान र गठबन्धन दलको नेता कुलप्रसाद केसीलाई मुख्यमन्त्रीमा नियुक्त गर्न प्रदेश प्रमुखसँग माग गरिएको हो ।