भ्रष्टाचार नियन्त्रणमा केही हुँदै हो ?

केही समययता भ्रष्टाचारीविरुद्ध केही आशलाग्दो काम हुन थालेको छ । नीतिगत भ्रष्टाचार गर्ने र आफ्ना अंगहरूलाई यसको अनुसन्धान गर्न नदिने अवस्थाले जरो गाडेको बेला वर्तमान गठबन्धन सरकार बनेयता केही आशालाग्दा काम देखिएका छन् । यसले कानून छलेर सधैं भ्रष्टाचारबाट जोगिन सकिँदैन भन्ने सन्देश दिन खोजेको छ ।  नेपाली नागरिकलाई भुटानी शरणार्थी बनाउने काण्डमा पूर्व उपप्रधानमन्त्री, पूर्व गृहमन्त्रीदेखि गृहसचिवसम्म समातिएका छन् । त्यस्तै अख्तियारले फाइल बन्द गरेको ललिता निवास काण्डमा पनि अहिले विशेष प्रहरीले फेरि अनुसन्धान थालेको छ । यसमा पनि शक्तिशाली व्यक्तिहरू पक्राउ पर्ने सम्भावना छ । केही त पक्राउ परिसकेका छन् । महालेखा परीक्षकको कार्यालयले पशुपतिनाथको मन्दिरमा चढाइएको जलहरीमा सुन अपुग भएको भनी दिएको प्रतिवेदन अनुसार  छानबिन भइरहेको छ । विनास्रोत अकुत सम्पत्ति कमाएको आरोपमा पशुपति क्षेत्र विकास कोषका पूर्व सदस्यसचिव पक्राउ परेका छन् । त्यस्तै नेपाल आयल निगमका तत्कालीन महाप्रबन्धक पनि अकुत सम्पत्ति जोडेको आरोपमा विशेष अदालतबाट दोषी ठहर भएका छन् । सिक्टा सिँचाइ आयोजनामा भएको व्यापक भ्रष्टाचारको काण्डमा विशेष अदालतले ठेकेदारलाई सफाइ दिए पनि अख्तियार दुरुपयोग अनुसन्धान आयोग भ्रष्टाचार गर्नेलाई कारबाहीको माग गर्दै सर्वोच्च अदालत गएको छ । पप्पु कन्स्ट्रक्शनका सञ्चालक पक्राउ परिसकेका छन् । यी गतिविधिले सरकार भ्रष्टाचारीमाथि कारबाहीमा सक्रिय रहेको आभास हुन थालेको छ ।  यस्तो सक्रियताले सत्ता र पदको दुरुपयोग गरी भ्रष्टाचार गर्ने व्यक्तिहरूमाझ त्रास पैदा गरेको छ । केही समय कारबाहीबाट जोगिए पनि कुनै पनि बेला भ्रष्टाचारविरुद्ध फाइल खुल्न सक्ने र नियमकानूनअनुसार कारबाहीमा पर्न सक्ने भय पैदा गर्न सक्यो भने खुलमखुला हुने भ्रष्टाचार केही मात्रामा कम गर्न सकिन्छ । अख्तियारले साना कर्मचारीलाई मात्रै कारबाही गरेको आरोप लागिरहेको बेला उसले देखाएको सक्रियताले मुलुकमा भ्रष्टाचार कम हुन मद्दत पुग्ने अपेक्षा गर्न सकिन्छ । यद्यपि अख्तियारले भ्रष्टाचारको आरोपितलाई कमजोर मुद्दा लगाएर चोख्याउने गरेको आरोप पनि लागेको छ । त्यसैले सस्तो प्रचारबाजी र विपक्षीलाई तारो बनाउने मात्र नभई जो दोषी हुन्छन्, ती सबैलाई कारबाहीको दायरामा ल्याएर सरकारले आमसर्वसाधारणको विश्वास जित्न सक्नुपर्छ ।

सम्बन्धित सामग्री

भ्रष्टाचार प्रकरणमा संलग्न सबैलाई थुन्नुपर्छ : महामन्त्री शर्मा

काठमाडौं, २ भदौँ । नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले भ्रष्टाचार प्रकरणमा संल्गन सबैलाई थुन्नुपर्ने बताएका छन्। शनिबार कांग्रेस धनकुटाले आयोजना गरेको कार्यक्रममा सहभागी हुँदै महामन्त्री शर्माले भ्रष्टाचार प्रकरणमा संल्गन सबैलाई थुन्नुपर्ने बताएका हुन्। उनले भने, ‘सम्पूर्ण भ्रष्टाचारको फाइल खोल्नु पर्छ। जो–जो संलग्न छन्, सबैलाई जेलमा थुन्नुपर्छ।’ यस्तै, उनले नक्कली भुटानी शरणार्थी, ललिता निवास प्रकरण, दुई […]

भ्रष्टाचार नियन्त्रणमा सक्रिय हुँदै आयोग

काठमाडौँ – अख्तियार दुरूपयोग अनुसन्धान आयोगले भ्रष्टाचार तथा भ्रष्टाचारजन्य गतिविधिमा संलग्नलाई रु एक अर्ब ७७ करोड ५८ लाख ४६ हजार चार सय ३७ बराबरको बिगो दाबी गरेर विशेष अदालतमा मुद्दा दायर गरेको छ । आयोगले आर्थिक वर्ष २०७९/८० मा सम्पादन गरेका कामको प्रारम्भिक विवरण सार्वजनिक गरेको छ । सो आवमा आयोगले कूल एक सय ६२ […]

भ्रष्टाचार, प्रशासनतन्त्र र मुलुक

मुलुकमा सरकारदेखि प्रशासनतन्त्र (ब्युरोक्रेसी) सम्म निर्वाध गतिमा तस्करी, ठगी, जालसाजी र भ्रष्टाचार संस्थागत हुँदै गएको छ । समाजमा रहेका हाम्रा मौलिक मूल्य–मान्यतालाई डढेलोसरि खरानीमा परिणत पार्ने दुष्चक्र चलिरहेका छन् । पछिल्ला दिनमा विदेशी सञ्चारमाध्यमले नेपालको विद्यमान विक्षिप्त राजनीतिक, आर्थिक, सामाजिक र व्यावसायिक अवस्थाप्रति नकारात्मक टीका–टिप्पणी गरिरहेका छन् । हाम्रो राजनीतिक व्यवस्था अहिले पंगू अवस्थामा रहेको […]

नेतृत्व भ्रष्ट हुँदा सबै क्षेत्रमा भ्रष्टाचार बढ्यो

पछिल्लो समय सतहमा आएको नक्कली भुटानी शरणार्थी भ्रष्टाचार प्रकरणपछि आम जनता आन्दोलित भएका छन्। मूल त देशमा अन्तर्राष्ट्रिय सन्धि महासन्धिको खिलाफमा गएर पनि भ्रष्टाचार मैत्री कानुन बनाउने परिस्थिति निर्माण हुँदै गएको छ। केही प्रकरण त सतहमा आएका केही सानो अंश मात्र हुन्। गहिरिएर हेर्दा देशमा ठूला भ्रष्टाचारका प्रकरण पहिलादेखि अहिलेसम्म हुँदै आएका छन्। त्यसका निमित्त […]

गाउँपालिकाका निमित्त कार्यकारी प्रमुखविरुद्ध भ्रष्टाचार मुद्दा दायर

काठमाडौँ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले हुम्लाको अदानचुली गाउँपालिकाका निमित्त कार्यकारी अधिकृत टकदत्त प्याकुरेलविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ । वडा नम्बर १ थलान्नादेखि कल्खेसम्म र वडा नम्बर ४ को लौठीदेखि रिल्म हुँदै बिगोठीसम्मको सडक निर्माणमा ठेकेदारले फिल्डमा गरेको वास्तविक काम भन्दा नापी किताबमा बढी काम देखाई,झुट्टा बिल बनाएर भुक्तानी गरेको भन्दै निमित्त कार्यकारी अधिकृत […]

अधिकृतसहित चार जनाविरुद्ध भ्रष्टाचार मुद्दा, २१ लाख ४७ हजार बिगो दाबी

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले हुम्लाको अदानचुली गाउँपालिकाका निमित्त कार्यकारी अधिकृत टकदत्त प्याकुरेलसहित चार जना विरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ । हुम्लाको अदानचुली–१ स्थित थलाल्नादेखि कल्खेसम्म र वडा नं. ४ स्थित लौठीदेखि रिल्म हुँदै बिगोठीसम्मको सडक निर्माणमा उनीहरुले २१ लाख ४७ हजार ४९२ रुपैयाँ भ्रष्टाचार गरेको ठहर गर्दै अख्तियारले आइतबार उनीहरुविरुद्ध विशेष अदालत काठमाडौंमा मुद्दा दायर गरेको हो । अख्तियारले मुद्दा दायर गरेका अन्यमा अदानचुली गाउँपालिकाका इन्जिनियर

अदानचुली गाउँपालिकाका निमित्त कार्यकारी प्रमुखविरुद्ध भ्रष्टाचार मुद्दा

२२ साउन, काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले हुम्लाको अदानचुली गाउँपालिकाका निमित्त कार्यकारी अधिकृत टकदत्त प्याकुरेलविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ । वडा नम्बर १ थलान्नादेखि कल्खेसम्म र वडा नम्बर ४ को लौठीदेखि रिल्म हुँदै बिगोठीसम्मको सडक निर्माणमा ठेकेदारले फिल्डमा गरेको वास्तविक काम भन्दा नापी किताबमा बढी काम देखाई,झुट्टा बिल बनाएर भुक्तानी गरेको भन्दै निमित्त […]

ठूला दलका कारण मुलुकमा भ्रष्टाचार र बेरोजगारी बढ्दै गयो: राजेन्द्र लिङदेन

पर्सा– राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष राजेन्द्र लिङ्देनले ठूला दलका कारण मुलुकमा भ्रष्टाचार र बेरोजगारी बढ्दै गएको आरोप लगाएका छन् । स्वतन्त्र राष्ट्रवादी राजावादी समाज पर्साले आज वीरगन्जमा आयोजना गरेको कार्यक्रममा उनले विगत तीन दशकदेखि सरकारमा सहभागि हुँदै आएका नेपाली कांग्रेस, नेकपा(एमाले), नेकपा(माओवादी केन्द्र), मधेसवादीलगायत ठूला दलको गलत नीतिले मुलुकमा दिनानुदिन भ्रष्टाचार र बेरोजगारी बढ्दै […]

संस्थागत भ्रष्टाचार र बेरुजु

भ्रष्टाचार संस्थागत रूपमै सुसंगठित भयो भनी सर्वत्र अलोचना हुँदै आएको छ । तथापि, भ्रष्टाचार नियन्त्रण हुन सकेको छैन । नियन्त्रण गर्ने प्रमुख निकाय अख्तियारले नै राज्यको लाचार छाया बन्नुपर्दा छानबिनमा परेका अधिकांश घटनाको कानुनी रूपमा किनारा लाग्न सकेको छैन । राज्य नै भ्रष्टाचारको संरक्षक बन्ने प्रवृत्ति मौलाउँदै आउँदा अख्तियारको काम कार्य पनि प्रभावित बन्दै आएको […] The post संस्थागत भ्रष्टाचार र बेरुजु appeared first on RajdhaniDaily.com - Online Nepali News Portal | Rajdhani Rastriya Dainik.