सिर्सिया नदीलाई प्रदूषित बनाउने उद्योगलाई कारबाहीको माग

सिर्सिया नदी एवम् वीरगन्ज प्रदूषणमुक्त अभियान वीरगन्जले सिर्सिया नदी प्रदूषणका लागि जिम्मेवार उद्योगहरूलाई कारबाहीको माग गरेको छ । वीरगन्ज महानगरपालिकाबाट निस्कने फोहोरसहित पानीलाई ‘वाटर ट्रिटमेन्ट’ गरी नदीमा हाल्न माग पनि अभियानले गरेको छ ।