गैँडाकोट नगरपालिकाले अक्सिजनसहितको २० श्ययाको आइसोलेशन तयार पारेको छ । वडा नं ११ स्थित गैँडाकोट नगर अस्पतालसँगै रहेको कभर्ड हललाई नै आइसोलेशनका रूपमा तयार गरिएको नगरप्रमुख छत्रराज पौडेलले जानकारी दिए ।
आइसोलेशनका लागि तीन कोठा निर्माण गरिएको जनाउँदै पौडेलले एउटा कोठामा १६ बिरामी राख्न सकिने तथा बाँकी दुई कोठामा दुई/दुई बिरामी राख्न मिल्ने गरी आइसोलेशन तयार पारिएको बताए । दुई एमबिबीएस चिकित्सकसहित एचए र अनमी कार्यरत सो अस्पतालमा आइसोलेशन सञ्चालनपछि थप दुई स्टाफ नर्स नियुक्त गरिएको छ । त्यस्तै दुई अनमी छन...