कोरोना भाइरस सङ्क्रमण नियन्त्रण तथा सङ्क्रमितको उपचार प्रभावकारी बनाउन लुम्बिनी प्रदेशका स्थानीय तहले आइसोलेशन निर्माणको कामलाई तीव्र बनाएका छन् । प्रदेशका अस्पतालमा अक्सिजन अभावका कारण कोरोना भाइरस सङ्क्रमित बिरामीको उपचारमा समस्या हुन थालेपछि स्थानीय तहले आआफ्ना पालिकामा अक्सिजन सिलिन्डर सहितका आइसोलेशन निर्माण गरेका छन् । प्रदेशमा अहिलेसम्म नौ जिल्लाका पालिकाले ६० आइसोलेशन सेन्टर तयार गरेका छन् । ती आइसोलेशनमा एक हजार ८३ शय्या राखिएका छन् ।अस्पतालबाहेक रुपन्देहीमा १३, कपिलवस