कोरोना बढेपछि आइसियु र आइसोलेशन वार्ड तयार

कोरोना भाइरस सङ्क्रमण रोकथाम तथा उपचारका लागि वीरगञ्जस्थित नारायणी अस्पतालमा सघन उपचार कक्ष (आइसियु) र आइसोलेशन वार्ड तयार पारिएको छ ।     पछिल्लो एक सातादेखि सङ्क्रमितको सङ्ख्या बढ्दै गएपछि उनीहरुको उपचारका लागि अस्पतालको आकास्मिक कक्ष भवनमा थप १० श्ययाको आइसियु र १७ श्ययाको आइसोलेशन वार्ड तयार परिएको हो ।         सङ्क्रमणका कारण गम्भीर बिरामी भएकाहरुलाई राख्न भेन्टिलेटरसहित उपचारमा प्रयोग हुने अत्याधुनिक उपकरण सहितको १० श्यया आइसियु र सामान्य रोगी भएका सङ्क्रमितलाई राख्न...