भक्तपुर । कोरोना भाइरसको दोस्रो लहरको महामारीले कोरोना सङ्क्रमित बिरामी बढ्दै गएपछि चाँगुनारायण नगरपालिकाले भक्तपुरको दुवाकोटमा रहेको नेपाल इन्जिनियरिङ कलेजमा १०० श्ययाको आइसोलेशन तयार गरी बिरामी राख्न थालेको छ । होम आइसोलेशनमा बस्न नसक्ने कोरोना सङ्क्रमित नगरवासीको लागि नगरपालिकाले सरकारको सहयोगमा १०० श्ययाको आइसोलेशन तयार पारेर कोरोना सङ्क्रमित बिरामीलाई राख्न थालेको नगर प्रमुख सोम मिश्रले जानकारी दिए । आइसोलेसनका लागि श्यया, ओढ्ने, ओछ्याउने, तकिया, तन्ना, साबुन, रुमाल, दन्तमञ्जनलगायतका आ