दाङ : सबै पालिकामा अक्सिजनसहितको आइसोलेशन सेन्टर निर्माण, सिलिण्डरको अभाव

दाङ - दाङका सबै पालिकाले कोरानाका बिरामीको उपचारका लागि अक्सिजनसहितको आइसोलेशन सेन्टर बनाएका छन् । देउखुरीमा चार वटा पालिका मिलेर बनाइएको कोरोना विशेष अस्पताल पनि सञ्चालनमा आएको छ । देउखुरी क्षेत्रका चार पालिका लमही नगरपालिका, राजपुर, राप्ती र गढवा गाउँपालिकाको संयुक्त लगानीमा लमहीमा २५ शय्याको कोरोना विशेष अस्पताल सञ्चालनमा आएको छ । दाङका दुई वटै उपमहानगरपालिकाले पनि आइसोलेशन सेन्टर तयारी अवस्थामा रहेको जनाएका छन । तुलसीपुर उपमहानगरपालिकाले ५० शय्याको अक्सिजनसहितको आइसोलेशन सेन्टर तयार पारेको छ भने...