नेपाली कांग्रेसका नेता एनपी साउद कञ्चनपुर–२ बाट प्रतिनिधिसभा सदस्यमा विजयी भएका छन्। उनले निकटतम् प्रतिष्पर्धी नेकपा एमालेका उम्मेदवार नरबहादुर धामीलाई ६ हजार ४५५ मतले पराजित गरेका हुन्। ६४ हजार ७५२ मत खसेकोमा साउदले २८ हजार १ सय मत ल्याउँदा धामीको २१ हजार ६४५ मत पाएका छन्। राष्ट्रिय स्वतन्त्र पार्टीका झंकरराज जोशी ४ हजार ९३१ मतसहित तेस्रो भएका छन्। साउद २०७४ को निर्वाचनमा धामीसँगै पराजित भएका थिए। उक्त निर्वाचनमा उनले २४ हजार ८९३ मत ल्याउँदा धामी ३३ हजार २०२ मतका साथ प्रति