तातोपानी धारामा नुहाउन आउनेको घुइँचो

पछिल्लो समयमा तातोपानीमा नुहाउन आउनेहरूका लागि धारा व्यवस्थित गरिएको छ । नुहाउन व्यवस्थित बनाउन टिकट काटिएको तातोपानी पर्यटकीय विकास केन्द्रले जनाएको छ ।...

सम्बन्धित सामग्री

तातोपानी धारामा नुहाए बाथरोग निको हुने जनविश्वास

जुम्लामा दिन प्रतिदिन चिसो बढ्दै गएपछि स्थानीयहरू चिसो छल्न तातोपानी धारामा नुहाउन जाने गरेका छन् । मंसिर महिना लागेसँगै तातोपानी धारामा नुहाउने मानिसको घुइँचो लाग्न थालेको हो । अहिले तातोपानी गाउँपालिका -२ जर्मीमा अवस्थित तातोपानी पोखरीमा नुहाउन आउने आन्तरिक तथा बाह्य पर्यटकको भीड लाग्न थालेको छ ।पछिल्लो समयमा तातोपानीमा नुहाउन आउनेहरूका लागि धारा व्यवस्थित गरिएको छ । नुहाउन व्यवस्थित बनाउन टिकट काटिएको तातोपानी पर्यटकीय विकास केन्द्रले जनाएको छ । केन्द्रका अनुसार धारामा नुहाउन आउने जिल्ला

म्याग्दीको तातोपानीमा डुबेर उपचार लिनेको भीड

म्याग्दी । प्राकृतिक चिकित्सालयको नामले चर्चित म्याग्दीको तातोपानी कुण्डमा डुबेर उपचार गराउन आएका बिरामी र आफन्तहरुको तातोपानीमा भीड लागेको छ । बेनी नगरपालिका–४ सिंगामा रहेको तातोपानी कुण्डमा दैनिक दुई सयदेखि तीन सयको हाराहारीमा बिरामीहरु रोग निको पार्न आउने गरेको तातोपानी कुण्ड व्यवस्थापन समितिका सचिव कुमार केसीले बताउनुभयो । बागलुङको बुर्तिबाङबाट पहिलो पटक तातोपानीमा नुहाउन आउनुभएकी […]

म्याग्दीको तातोपानी कुण्डमा दैनिक तीन सयभन्दा बढी बिरामीको उपचार

म्याग्दी ।  प्राकृतिक चिकित्सालयको रूपमा चर्चित म्याग्दीको बेनी नगरपालिका–४ स्थित तातोपानी कुण्डमा दैनिक तीन सयभन्दा बढी बिरामीले उपचार सेवा लिइरहेका छन् । कोरोना संक्रमणको जोखिम कम भएपछि तातोपानी कुण्डमा डुबेर उपचार गराउन आउने बिरामीको संख्या बढ्न थालेको हो । कोरोनाका कारण यसअघि बन्द गरिएको तातोपानी कुण्ड संक्रमण घट्दै गएपछि फागुन पहिलो सातादेखि सर्वसाधारण तथा बिरामीका लागि पुनः खुला गरिएको थियो । कोरोना संक्रमण जोखिम कम हुँदै र जाडो पनि घट्दै गएपछि बिरामी तातोपानीमा आइरहेको तातोपानी कुण्ड व्यवस्थापन समिति अध्यक्ष वीरेन्द्रमान शाक्यले जानकारी दिए । उनका अनुसार अहिले कुण्डमा दैनिक महिला २ सय र पुरुष १ सय जनाले नियमित स्नान गरिरहेका छन् । कोरोना संक्रमणको जोखिम कायमै रहेकाले स्वास्थ्य सुरक्षाका मापदण्ड पालना गरी कुण्डमा नुहाउन बिरामीलाई अनुमति दिइएको अध्यक्ष शाक्यले बताए । तातोपानी कुण्डमा नुहाउने बिरामीको संख्या अत्यधिक बढेपछि महिला र पुरुषको छुट्टाछुट्टै नुहाउने समय तालिका बनाइएको छ । हरेक दिन बिहान ६ देखि बेलुका साढे ४ बजेसम्म दुई–दुई घन्टाका दरले महिला र पुरुषले नुहाउने समय तालिका लागू गरिएको छ । मुख्य कुण्डभन्दा बाहिरका २ वटा पोखरीमा भने साँझ ५ देखि ९ बजेसम्म पनि नुहाउने व्यवस्था गरिएको छ । अहिले पुरुषको तुलनामा महिला धेरै संख्यामा आएपछि उनीहरूलाई पनि २ चरणमा नुहाउने गरी समय तालिका बनाइएको कुण्ड व्यवस्थापन समिति अध्यक्ष शाक्यले जानकारी दिए । अहिले तातोपानी कुण्डमा विदेशी नागरिकसहित म्याग्दी, बागलुङ, पर्वत, कास्की र गुल्मीबाट आएका बिरामीले दैनिकजसो स्नान गरिरहेको तातोपानी कुण्ड व्यवस्थापन समितिले बताएको छ । कुण्डमा आउने अधिकांश बिरामी एक सातासम्म तातोपानीमै बसेर नुहाउने गर्छन् । कुण्डभित्र मुख्य पोखरीमा नुहाउन प्रतिव्यक्ति ३ सय ५० रुपैयाँ टिकट व्यवस्था गरिएको छ भने कुण्ड बाहिरको पोखरीमा नुहाउन प्रतिव्यक्ति १ सय रुपैयाँको टिकट लिनुपर्छ । एक पटक टिकट लिएपछि कुण्डभित्र ७ दिन र बाहिरको पोखरीमा २ घन्टाको समयसम्म स्नान गर्न पाइन्छ । जमिनमुनिबाट ४८ डिग्री सेन्टिग्रेटको तापक्रममा वीरेनुनको स्वादसहित निस्कने तातोपानीको कुण्डमा डुबुल्की मारेपछि ग्यास्ट्रिक, बाथरोग, गानोगोला, युरिक एसिड, हाडजोर्नी दुख्ने, हड्डीको दुखाइ, सड्किएको, मर्किएको, चिसोबाट उत्पन्न सबै खाले रोग निको हुने जनविश्वास रहिआएको छ । तातोपानी कुण्डमा मुख्य पोखरीसहित बाहिरका दुई वटा पोखरी, तीन वटा बाथटप र धारामा नुहाउन पाइन्छ ।

तातोपानी कुण्डमा नुहाउने बिरामी बढे

मुगु । मुगुको सोरू गाउँपालिकामा पर्ने कुलाहाँ र छायाँनाथ रारा नगरपालिकाको भैंसेकुनास्थित तातोपानीमा गर्मीयाम शुरू हुँदा समेत नुहाउनेको संख्या कम हुन सकेको छैन । रुघाखोकी, निमोनिया, रागन, लुतोलगायतका छालाका रोगसम्बन्धी बिरामी अरूभन्दा बढी आउने गरेका छन् । छिमेकी जिल्लाबाट समेत तातोपानी नुहाउन आउनेको संख्या बढेको सोरू–९ का ताराचन्द्र चौलागाईं बताउनुहुन्छ । यो वर्ष अत्यधिक जाडो […]

रसुवाको चिलिमेमा अवस्थित तातोपानी मूल सुक्यो

उत्तरी रसुवाको चिलिमेस्थित गोङ्गाङ माथिको तातोपानी मूल पुनः सुकेको छ । गानुगोला, टाउको दुख्ने, शरीर चिलाउने र दमजस्ता रोगको समस्या भएका व्यक्तिले औषधिका रूपमा प्रयोग गर्दै आएको पानीमूल सुकेपछि नुहाउन तथा लामो समय डुबेर बस्ने आधारविहीन भएको हो ।विसं २०७२ को भूकम्पसँगै विलय भएको तातोपानीको मूल पाँच वर्षपछि गत भदौमा यथास्थानमै फर्किए पनि सुक्खायामसँगै केही दिन अगाडि उक्त मूल पुनः सुकेको स्थानीय बासिन्दाले बताएका छन् । परम्परागतरूपमा नुहाउँदै आएको तातोपानी मूल सुकेसँगै तातोपानी क्षेत्रमा बसोबास गर्न

चिसो छल्न तातोपानी

जुम्लामा दिन प्रतिदिन चिसो बढ्दै गएपछि स्थानीयहरू चिसो छल्न तातोपानी धारामा नुहाउन जाने गरेका छन् । पुस लागेसँगै तातोपानी धारामा नुहाउने मानिसको घुइँचो लाग्न थालेको हो ।

जुम्लाको जाडो : तातोपानीमा नुहाउन ३० रुपैयाँ शुल्क

जुम्ला : हिमाली जिल्ला जुम्लामा यतिबेला बिहानको तापक्रम करिब माइनस ६ डिग्री सेल्सियस पुग्‍न थालेको छ। चिसो बढ्दै जाने क्रममा यहाँको तापक्रम अझै घट्न गई माइनस १५ डिग्रीसम्म पुग्‍ने गर्दछ।चिसो बढ्दै जाँदा यहाँको जनजीवन कष्टकर बन्दै गएको छ। ग्रामीण भेगसम्म विद्युतको पहुँच नपुग्दा पानी तताएर प्रयोग गर्ने विकल्प पनि यहाँका अधिकांश स्थानीयवासीलाई छैन। दैनिक व्यावहारिक प्रयोगका लागि चिसै पानी प्रयोग गर्दै आएका यहाँका स्थानीयहरूको नुहाउनका लागि एउटै विकल्प हो जुम्लाको तातोपानी। जहाँ तातोपानी धार

तातोपानी क्षेत्र संरक्षणविहीन

आवश्यक पर्दा प्रयोग गर्ने तर बाँकी समय हेरचाह नपुग्दा जिल्लाका विभिन्न आठ तातोपानी क्षेत्र संकटमा परेका छन् । कात्तिक, मंसिर, पुस र माघमा तातोपानी क्षेत्रमा नुहाउन सजिलो हुने र छालाजन्य रोग निको हुने भन्दै सर्वसाधारण यस क्षेत्रमा पुग्ने गर्छन् । बालबालिका, किशोरकिशोरी, युवा तथा ज्येष्ठ नागरिकको रोजाइ तातोपानी क्षेत्र पर्ने गरेको छ ।

तातोपानी कुण्डमा नुहाउन पत्नीसहित प्रचण्ड म्याग्दीमा(तस्बिरसहित)

म्याग्दी –  नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड) पारिवारिक भ्रमणको सिलसिलामा म्याग्दीको प्रसिद्ध तातोपानी कुण्डमा स्नान गर्न आउनुभएको छ ।  म्याग्दीको बेनी नगरपालिका–४, सिङ्गामा रहेको तातोपानी कुण्डमा नुहाउन उहाँ धर्मपत्नी सीता र छोरी गंगा दाहालसहित आउनुभएको हो । जिल्ला प्र...

तातोपानी कुण्ड क्षेत्रमा क्षति : नुहाउन र लुगा धुन प्रतिबन्ध

लमजुङ – मनाङको चामे गाउँपालिकामा वडा नम्बर–५, मा रहेको प्राकृतिक तातोपानी कुण्ड क्षेत्रमा क्षति पुगेको छ । मर्स्याङ्दी नदीको तीव्र बहावले तातोपानी कुण्ड क्षेत्रमा क्षति पुर्याएको हो । मस्र्याङ्दी नदीको बहावले तातोपानी कुण्ड क्षेत्रमा लगाइएको ‘ग्याबिन वाल’ लगायतका संरचनामा क्षति पुर्‍याएको हो । ता...