आवश्यक पर्दा प्रयोग गर्ने तर बाँकी समय हेरचाह नपुग्दा जिल्लाका विभिन्न आठ तातोपानी क्षेत्र संकटमा परेका छन् । कात्तिक, मंसिर, पुस र माघमा तातोपानी क्षेत्रमा नुहाउन सजिलो हुने र छालाजन्य रोग निको हुने भन्दै सर्वसाधारण यस क्षेत्रमा पुग्ने गर्छन् । बालबालिका, किशोरकिशोरी, युवा तथा ज्येष्ठ नागरिकको रोजाइ तातोपानी क्षेत्र पर्ने गरेको छ ।