जुम्ला : हिमाली जिल्ला जुम्लामा यतिबेला बिहानको तापक्रम करिब माइनस ६ डिग्री सेल्सियस पुग्न थालेको छ। चिसो बढ्दै जाने क्रममा यहाँको तापक्रम अझै घट्न गई माइनस १५ डिग्रीसम्म पुग्ने गर्दछ।चिसो बढ्दै जाँदा यहाँको जनजीवन कष्टकर बन्दै गएको छ। ग्रामीण भेगसम्म विद्युतको पहुँच नपुग्दा पानी तताएर प्रयोग गर्ने विकल्प पनि यहाँका अधिकांश स्थानीयवासीलाई छैन। दैनिक व्यावहारिक प्रयोगका लागि चिसै पानी प्रयोग गर्दै आएका यहाँका स्थानीयहरूको नुहाउनका लागि एउटै विकल्प हो जुम्लाको तातोपानी। जहाँ तातोपानी धार