तातोपानी कुण्डमा नुहाउन पत्नीसहित प्रचण्ड म्याग्दीमा(तस्बिरसहित)

म्याग्दी –  नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड) पारिवारिक भ्रमणको सिलसिलामा म्याग्दीको प्रसिद्ध तातोपानी कुण्डमा स्नान गर्न आउनुभएको छ ।  म्याग्दीको बेनी नगरपालिका–४, सिङ्गामा रहेको तातोपानी कुण्डमा नुहाउन उहाँ धर्मपत्नी सीता र छोरी गंगा दाहालसहित आउनुभएको हो । जिल्ला प्र...

सम्बन्धित सामग्री

तातोपानीमा नुहाउने बढे

यस जिल्लाका विभिन्न स्थानमा रहेका तातोपानी कुण्ड मुहानमा नुहाउनेको सङ्ख्या बढ्दै गएको छ । बाथ तथा दमका रोग भएकाले तातोपानीमा नुहाए सन्चो हुने विश्वास गरिएको छ । चिसोको समयमा तातोपानीमा नुहाउने मानिसको सङ्ख्या बढेको स्थानीयवासी बताउँछन् । खार्पुनाथ गाउँपालिका–५, दुर्पा गाउँकी वीरकला बुढाले एक हप्तासम्मका लागि तातोपानी नुहाउन आएको बताउनुभयो ।

भरिभराउ तातोपानी कुण्ड

बेनी नगरपालिका–४, सिङ्गा तातोपानीमा स्नान गर्नेको भिड बढेको छ । जाडो मौसम सुरु भएसँगै तातोपानी कुण्डमा स्नान गर्नेको भिड बढेको हो । तातोपानी कुण्ड व्यवस्थापन समितिका सचिव कुमार केसीले दसैँलगत्तै तातोपानीमा नुहाउन आउनेको सङ्ख्यामा वृद्धि भएको बताउनुभयो ।

म्याग्दीको तातोपानीमा डुबेर उपचार लिनेको भीड

म्याग्दी । प्राकृतिक चिकित्सालयको नामले चर्चित म्याग्दीको तातोपानी कुण्डमा डुबेर उपचार गराउन आएका बिरामी र आफन्तहरुको तातोपानीमा भीड लागेको छ । बेनी नगरपालिका–४ सिंगामा रहेको तातोपानी कुण्डमा दैनिक दुई सयदेखि तीन सयको हाराहारीमा बिरामीहरु रोग निको पार्न आउने गरेको तातोपानी कुण्ड व्यवस्थापन समितिका सचिव कुमार केसीले बताउनुभयो । बागलुङको बुर्तिबाङबाट पहिलो पटक तातोपानीमा नुहाउन आउनुभएकी […]

म्याग्दीको तातोपानी कुण्डमा दैनिक तीन सयभन्दा बढी बिरामीको उपचार

म्याग्दी ।  प्राकृतिक चिकित्सालयको रूपमा चर्चित म्याग्दीको बेनी नगरपालिका–४ स्थित तातोपानी कुण्डमा दैनिक तीन सयभन्दा बढी बिरामीले उपचार सेवा लिइरहेका छन् । कोरोना संक्रमणको जोखिम कम भएपछि तातोपानी कुण्डमा डुबेर उपचार गराउन आउने बिरामीको संख्या बढ्न थालेको हो । कोरोनाका कारण यसअघि बन्द गरिएको तातोपानी कुण्ड संक्रमण घट्दै गएपछि फागुन पहिलो सातादेखि सर्वसाधारण तथा बिरामीका लागि पुनः खुला गरिएको थियो । कोरोना संक्रमण जोखिम कम हुँदै र जाडो पनि घट्दै गएपछि बिरामी तातोपानीमा आइरहेको तातोपानी कुण्ड व्यवस्थापन समिति अध्यक्ष वीरेन्द्रमान शाक्यले जानकारी दिए । उनका अनुसार अहिले कुण्डमा दैनिक महिला २ सय र पुरुष १ सय जनाले नियमित स्नान गरिरहेका छन् । कोरोना संक्रमणको जोखिम कायमै रहेकाले स्वास्थ्य सुरक्षाका मापदण्ड पालना गरी कुण्डमा नुहाउन बिरामीलाई अनुमति दिइएको अध्यक्ष शाक्यले बताए । तातोपानी कुण्डमा नुहाउने बिरामीको संख्या अत्यधिक बढेपछि महिला र पुरुषको छुट्टाछुट्टै नुहाउने समय तालिका बनाइएको छ । हरेक दिन बिहान ६ देखि बेलुका साढे ४ बजेसम्म दुई–दुई घन्टाका दरले महिला र पुरुषले नुहाउने समय तालिका लागू गरिएको छ । मुख्य कुण्डभन्दा बाहिरका २ वटा पोखरीमा भने साँझ ५ देखि ९ बजेसम्म पनि नुहाउने व्यवस्था गरिएको छ । अहिले पुरुषको तुलनामा महिला धेरै संख्यामा आएपछि उनीहरूलाई पनि २ चरणमा नुहाउने गरी समय तालिका बनाइएको कुण्ड व्यवस्थापन समिति अध्यक्ष शाक्यले जानकारी दिए । अहिले तातोपानी कुण्डमा विदेशी नागरिकसहित म्याग्दी, बागलुङ, पर्वत, कास्की र गुल्मीबाट आएका बिरामीले दैनिकजसो स्नान गरिरहेको तातोपानी कुण्ड व्यवस्थापन समितिले बताएको छ । कुण्डमा आउने अधिकांश बिरामी एक सातासम्म तातोपानीमै बसेर नुहाउने गर्छन् । कुण्डभित्र मुख्य पोखरीमा नुहाउन प्रतिव्यक्ति ३ सय ५० रुपैयाँ टिकट व्यवस्था गरिएको छ भने कुण्ड बाहिरको पोखरीमा नुहाउन प्रतिव्यक्ति १ सय रुपैयाँको टिकट लिनुपर्छ । एक पटक टिकट लिएपछि कुण्डभित्र ७ दिन र बाहिरको पोखरीमा २ घन्टाको समयसम्म स्नान गर्न पाइन्छ । जमिनमुनिबाट ४८ डिग्री सेन्टिग्रेटको तापक्रममा वीरेनुनको स्वादसहित निस्कने तातोपानीको कुण्डमा डुबुल्की मारेपछि ग्यास्ट्रिक, बाथरोग, गानोगोला, युरिक एसिड, हाडजोर्नी दुख्ने, हड्डीको दुखाइ, सड्किएको, मर्किएको, चिसोबाट उत्पन्न सबै खाले रोग निको हुने जनविश्वास रहिआएको छ । तातोपानी कुण्डमा मुख्य पोखरीसहित बाहिरका दुई वटा पोखरी, तीन वटा बाथटप र धारामा नुहाउन पाइन्छ ।

प्राकृतिक चिकित्सा अपनाउन तातोपानी कुण्डः कोरोनाले बन्द खुकुलो हुँदा बढ्यो भीड

कोरोनाको दोस्रो लहर देखिएपछि पाँच महिनासम्म बन्द भएको तातोपानी कुण्ड यही असोजको पहिलो सातादेखि खुला गरिएपछि उपचारका लागि यहाँ नुहाउन आउने बिरामीको भीड लागेको हो ।

मनाङको तातोपानी कुण्ड: स्थानीयका लागि वरदान, पर्यटकको रोजाइकाे गन्तव्य

लमजुङ – हिमाली जिल्ला मनाङ आफैमा चिसो छ । बिस्तारै जाडो पनि सुरु हुँदैछ । त्यसैले पनि अहिले हिमालपारीको जिल्ला मनाङ पुग्नेले चिसोको अनुभव गर्छन् । चिसो वातावरणमा चिसो पानीमा नुहाउन, कपडा धुन पक्कै समस्या हुन्छ ।  मनाङकै चामे गाउँपालिका–३, मा तातोपानी कुण्ड छ । यहाँ बाह्रै महिना बग्ने प्राकृतिक तातोपा...

तातोपानी कुण्ड क्षेत्रमा क्षति : नुहाउन र लुगा धुन प्रतिबन्ध

लमजुङ – मनाङको चामे गाउँपालिकामा वडा नम्बर–५, मा रहेको प्राकृतिक तातोपानी कुण्ड क्षेत्रमा क्षति पुगेको छ । मर्स्याङ्दी नदीको तीव्र बहावले तातोपानी कुण्ड क्षेत्रमा क्षति पुर्याएको हो । मस्र्याङ्दी नदीको बहावले तातोपानी कुण्ड क्षेत्रमा लगाइएको ‘ग्याबिन वाल’ लगायतका संरचनामा क्षति पुर्‍याएको हो । ता...