५४.१२ अंकले बढेर २८७५.७५ विन्दुमा नेप्से, हाइड्रोपावर समूहका लगानीकर्ताले सर्वाधिक कमाए

पुस २९, काठमाडौं । साताको अन्तिम कारोवार दिन बिहीवार नेप्से परिसूचक अघिल्लो कारोबार दिनको तुलनामा ५४ दशमलव १२ अंकले बढेको छ । यो दिन नेप्से परिसूचक २ हजार ८७५ दशमलव ७५ विन्दुमा पुगेको हो । यो दिन कारोबारमा आएका २२४ ओटा धितोपत्रको १ करोड १८ लाख ३४ हजार २१६ कित्ता शेयर ७७ हजार ६६८ पटकमा रू. ६ अर्ब ६६ करोड ९७ लाख ४८ हजार ५६७ दशमलव ७६ मा खरीदविक्री भएको छ ।  कारोबारमा आएका ती धितोपत्रमध्ये मध्य भोटेकोशी जलविद्युत् कम्पनीको शेयरमूल्यमा सकारात्मक सर्किट लागेको छ । कम्पनीको शेयरमूल्य अघिल्लो कारोबार दिनको तुलनामा यो दिन ९ दशमलव ९८ प्रतिशतले वृद्धि भएकाले सकारात्मक सर्किट लागेको हो । कम्पनीको शेयरमूल्य प्रतिकित्ता रू.३७९ दशलमव २० पुगेको छ । यो दिन दोस्रोमा माउण्टेन हाइड्रो नेपाल लिमिटेडको शेयरमूल्य ९ दशमलव ४४ प्रतिशतले बढेर रू.५०८ दशमलव ९० पुगेको छ ।  त्यसो त यो दिन सबैभन्दा बढी नबिल बैकको डिबेञ्चरको मूल्य २ दशमलव शून्य ३ प्रतिशत  घटेर प्रतिकित्ता रू.९०१ दशमलव ३० मा झरेको हो ।  यसैगरी एनआईसी एशिया सेलेक्ट फण्ड ३० को इकाई मूल्य १ दशमलव ४१ प्रतिशतले घटेर प्रतिइकाई रू.९ दशमलव १२ कायम भएको छ । यो दिन सर्वाधिक शेयर खरीदविक्री भने अपर तामाकोशी हाइड्रोपावरको भएको हो । उक्त कम्पनीको रू. ३४ करोड ३१ लाख ४३ हजार बराबरको शेयर खरीदविक्री भएको हो । कम्पनीको शेयरमूल्य प्रतिकित्ता रू. ७५० कायम भएको छ । यो शेयरमूल्य अघिल्लो कारोबार दिनको तुलनामा ७ दशमलव १४ प्रतिशतले वृद्धि हो । त्यसैगरी सर्वाधिक शेयर खरीदविक्री भने दोस्रोमा अपि पावर कम्पनीको रू. २३ करोड २३ लाख बराबरको शेयर खरीद विक्री भएको छ ।  कारोबारमा आएका १३ ओटा समूहमध्ये अन्य समूहको परिसूचक शून्य दशमलव १६ प्रतिशतले घटेको छ भने बाँकी सबै समूहको परिसूचक बढेसँगै समग्र नेप्से परिसूचक बढेको हो । यो दिन सबैभन्दा बढी हाइड्रोपावर समूहका लगानीकर्ताले कमाएका छन् । उक्त समूहको परिसूचक ४ दशमलव ९ प्रतिशतले वृद्धि भएसँगै सर्वाधिक कमाएका छन् ।  त्यसैगरी बैंकिङ समूहको परिसूचक शून्य दशमलव ५४ प्रतिशत, व्यापार समूहको परिसूचक २ दशमलव ६९ प्रतिशत,होटल एण्ड टुरिजम समूहको १ दशमलव १२ प्रतिशत,विकास बैंक समूहको २ दशमलव ९४ प्रतिशत,वित्त समूहको ३ दशमलव ६७ प्रतिशत,निर्जीवन बीमा समूहको २ दशमलव २६ प्रतिशतले वृद्धि भएको छ ।  यस्तै उत्पादन तथा प्रशोधन समूहको १ दशमलव ७८ प्रतिशत, लघुवित्त समूहको ३ दशमलव २ प्रतिशत,जीवन बीमा समूहको २ दशमलव २१ प्रतिशत,म्युचुअल फण्ड समूहको शून्य दशमलव ९६ प्रतिशत र लगानी समूहको परिसूचक ३ दशमलव २९ प्रतिशतले वृद्धि भएको छ ।  बुधवारको बजारमा सामान्य करेक्सन भएका कारण बिहीवार पुन : खरीदकर्ता बजारमा आकर्षित भएका थिए, जसका कारण बजार बढ्न टेवा पुगेको हो ।  बजार थप केही करेक्सन हुन लागेको हो कि भन्ने आशंका बजार खुलेको केहि घण्टासम्म रहेता पनि अन्त्यसम्ममा नेप्सेले सकारात्मक लय समातेको हो ।तरलता सहज हुँदै गएको सन्दर्भमा शेयर बजारले सकारात्मक लय समातेको हो ।

सम्बन्धित सामग्री

शेयर बजार ५६ अंकले बढेर २ हजार विन्दुभन्दा माथि

शेयर बजार आज उच्च अंकले बढेको छ । शेयर बजार परिसूचक नेप्से आज ५६ दशमलव ८८ अंकले बढेर दुई हजार २९ दशमलव शून्य तीन विन्दुमा पुगेको छ । आज विकास बैंक, बीमा, जलविद्युत्, फाइनान्स र माइक्रोफाइनान्स समूहको शेयर उच्च अंकले बढेको छ । आज दुई सय ५७ वटा कम्पनीका ८० लाख २४ हजार कित्ता शेयर […]

दोहोरो अंकले बढेर बन्द भयो नेप्से, ५१ करोडको कारोबार

नेपाल स्टक एक्सचेञ्ज (नेप्से) १४.३५ अंक बढेर बन्द भएको छ । तिहार अघिको अन्तिम कारोबार दिन आज नेप्से परिसूचक उत्साहजनकरूपमा बढेर बन्द भएको हो । आजको वृद्धिसँगै नेप्से परिसूचक १८ सय ५८ अंक कायम भएको छ ।यसैगरी, आज सेन्सेटिभ समूहमा समेत सुधार देखिएको छ । २.८८ अंकले बढेर सेन्सेटिभ समूह ३६५.९३ अंकमा पुगेर रोकिएको छ । यसक्रममा आज ५१ करोड ६८ लाख ३ हजार रुपैयाँ बराबरको १५ लाख ३८ हजार कित्ता सेयर किनबेच भएको छ ।नेप्से परिसूचक दोहोरो अंकले बढेपनि आज २ वटा समूहमा गिरावट आएको छ । होटल र टुरिजम समूहमा १९.९४ अ

नेप्से परिसूचक सामान्य अंकले वृद्धि

साताको अन्तिम कारोबार दिन नेप्से परिसूचक सामान्य अंकले वृद्धि भएको छ। बिहीबार नेप्से ४.१५ अंकले बढेर एक हजार आठ सय ७०.६३ बिन्दुमा बन्द भएको हो। त्यस्तै, सेन्सेटिभ इन्डेक्स ०.९५ अंक,...

नेप्से सामान्य अंकले बढ्यो

बुधबार नेप्से परिसूचक सामान्य अंकले बढेको छ। बुधबार नेप्से २.८६ अंकले बढेर दुई हजार ५७.८४ बिन्दुमा पुगेको छ। त्यस्तै, सेन्सेटिभ इण्डेक्स ०.६, फ्लोट इण्डेक्स ०.१४ र सेन्सेटिभ फ्लोट इण्डेक्स ०.०५...

नेप्से परिसूचक १५ अंकले वृद्धि

बिहीबार नेप्से परिसूचक तीब्र उतारचढावका बीच अन्तिम समयमा १५ अंकले बढेर कारोबार बन्द भएको छ। नेप्से १५.४९ अंकले बढेर दुई हजार १२७.४७ बिन्दुमा पुगेको हो। त्यस्तै, सेन्सेटिभ इण्डेक्स २.७, फ्लोट...

नेप्से परिसूचक तीव्र उतारचढावका बीच १५ अंकले बढेर कारोबार बन्द

बिहीबार नेप्से सूचक १५.४४ अंकले बढेर २१२७.४२ बिन्दुमा पुगेको हो। त्यस्तै, सेन्सेटिभ इण्डेक्स २.७ अंकले बढेको छ भने फ्लोटइण्डेक्स १.११ अंक र सेन्सेटिभ फ्लोट इण्डेक्स १ अंकले बढेको छ।...

नेप्से १६ अंकले बढ्यो

काठमाडौँ– नेपाली सेयर बजार (नेप्से) मंगलबार दोहोरो अंकले वृद्धि भएको छ ।  मंगलबार नेप्से परिसूचक १६.३२ अंकले बढेर २२ सय १७ दशमलव १९ अंकमा पुगेर बन्द भएको छ । सोमबार नेप्सेमा ३४.२१ अंकले गिरावट आएको थियो । बढेको सेयर बजारमा सेन्सेटिभ इन्डेक्स ३.६२ अंकले बढेर ४ सय ३२ दशमलव ७८ अंकमा पुगेको छ ।  मंगलबार […]

नेप्से दोहोरो अंकले उकालो लाग्यो

काठमाडौँ– धितोपत्र कारोबार हुने साताको तेस्रो दिन मंगलबार सेयर बजार दोहोरो अंकले उकालो लागेको छ। आज बजार १९.२९ अंकले बढेर २८९१.३३ को विन्दुमा उक्लिएको छ। राम्रा र बलिया कम्पनीका सूचक सेन्सेटिभ पनि ३.९८ अंकले बढेर ५४२.९० को विन्दुमा पुगेको छ। कारोबार रकम हिजोको तुलनामा बढेर साढे ६ अर्ब रुपैयाँ बढीको भएको छ। चुनाव हुने आशा […]

साताभर नेप्से परिसूचक ७८ अंकले बढेर दुई हजार सात सय ६९ बिन्दुमा

२८ सय छोएर घट्यो नेप्से, दैनिक औसत कारोबार रकम ५ प्रतिशत बढ्यो  गत साताभरमा नेप्से परिसूचक ७८ अंकले बढेर दुई हजार सात सय ६९ बिन्दुमा आइपुगेको छ । गत साता पाँचै दिन...

नेप्से सूचक ५५ अंकले बढेर २८ सयको बिन्दुमा

सेयर बजार दुई हजार आठ सय ३७ विन्दुसम्म पुगेको छ। आइतबार ५५ दशमलव ५० अंकले बढेर नेप्से सो  विन्दुमा पुगेको हो। अघिल्लो साताबाट बढेको नेप्सेले २५ सयको विन्दुबाट उकालो यात्रा...