जलविद्युत् कम्पनीमा लगानीकर्ताको आकर्षण कायमै, सर्वाधिक कमाउने २० मध्ये १५ हाइड्रोपावर

काठमाडौं । साताको पहिलो कारोबार दिन मंगलवार नेप्से परिसूचक ३२ दशमलव ७२ अंक बढेर बन्द भएको छ । परिसूचक २ हजार १८२ दशमलव ११ विन्दुमा पुगेको छ । दुई दिनको सार्वजनिक बिदापछि खुलेको बजारमा पुनः जलविद्युत कम्पनीमा लगानीकर्ताको आकर्षण देखिएको छ । यसअघि पनि एक दिन जलविद्युत समूहका कम्पनीमा लगानीकर्ता खनिएका थिए । दुई दिन बजार घटे पनि मंगलवार पुनः बजार उकालो लाग्दा जलविद्युत् कम्पनीमै लगानीकर्ता झुम्मिएका छन् । मंगलवार कारोबारमा आएका २५० धितोपत्रको १ करोड १८ लाख ८३ हजार २८७ कित्ता ६३ हजार ४३० पटक किनबेच भएको छ । कारोबार रकम रू. ३ अर्ब ७२ करोड ४७ लाख भएको छ ।  दुई दिनको करेक्सनपछि मंगलवार खुलेको बजारमा खरीदकर्ताको आकर्षण देखिएको छ । आइतवार र सोमवार सार्वजनिक बिदा थियो । गत हप्ता नेप्से परिसूचक ६२ अंकले घटेको थियो । बजार बीचमा २० प्रतिशतभन्दा बढी बढेको थियो । बढेको बजारमा प्रोफिट बुक भएपछि दुई दिनको घटाइलाई लगानीकर्ताले करेक्सनको रूपमा लिएको देखिन्छ ।  घटेको बजारमा खरीदकर्ता हाबी भएसँगै मंगलवार बजार बढेको छ । माघ महीनाको लागि घटेको निक्षेपको ब्याजदरले पनि बजारमा सकारात्मक प्रभाव परेको देखिन्छ । त्यस्तै सरकार तथा नियामक निकायहरू पूँजी बजारप्रति सकारात्मक देखिएका छन् ।   मंगलवार कारोबारमा आएका धितोपत्रमध्ये तीन धितोपत्रको मूल्यमा सकारात्मक सर्किट लागेको छ । ग्रीन भेन्चर्स लिमिटेड, आदर्श लघुवित्त वित्तीय संस्था र पिपुल्स हाइड्रोपावर कम्पनी लिमिटेडको शेयर मूल्य अघिल्लो कारोबार दिनको तुलनामा आज १० प्रतिशतका दरले वृद्धि भएसँगै सकारात्मक सर्किट लागेको हो । ग्रीन भेन्चर्सको शेयर मूल्य रू. ४१५ दशमलव ८०, आदर्श लघुवित्तको रू. ७७१ दशमलव १० र पिपुल्स हाइड्रोपावरको रू. २९७ पुगेको छ ।  यस दिन सबैभन्दा बढी प्रभु सेलेक्ट फण्डका इकाईधनीहरूले गुमाएका छन् । यस फण्डको इकाई मूल्य ८ दशमलव ४५ प्रतिशत घटेको छ । फण्डको इकाई मूल्य रू. ८ दशमलव ९९ मा झरेको छ । त्यस्तै एनआईबिएल समृद्धि फण्ड–२ को इकाई मूल्य ६ दशमलव २१ प्रतिशत घटेर रू. ८ दशमलव १६ कायम भएको छ ।  मंगलवार अपि पावर कम्पनीको सर्वाधिक शेयर खरीदविक्री रू. २३ करोड २६ लाख बराबरको भएको छ । यस कम्पनीले ४० प्रतिशत हकप्रद शेयर निष्कासन गर्ने निर्णय गरेसँगै खरीदकर्ताको आकर्षणमा परेको देखिन्छ । त्यस्तै सर्वाधिक दोस्रोमा अपर तामाकोशी हाइड्रोपावर कम्पनीको रू. ११ करोड ३८ लाख बराबरको कारोबार भएको छ ।  कारोबारमा आएका १३ समूहगत परिसूचकमध्ये बैंकिङ समूहको परिसूचक शून्य दशमलव ३२ प्रतिशत घटेको छ भने बाँकी सबै समूहको समूहगत परिसूचक बढेको छ । सबैभन्दा बढी  होटल तथा पर्यटन समूहको परिसूचक ५ दशमलव १२ प्रतिशत वृद्धि भएको छ ।

सम्बन्धित सामग्री

हालसम्म ६ हाइड्रोपावर कम्पनीले घोषणा गरे लाभांश

२५ मंसिर, काठमाडौं ।  हालसम्म ६ हाइड्रोपावर कम्पनीहरुले सेयरधनीलाई लाभांश घोषणा गरेका छन् । भगवती हाइड्रोपावर, चिलिमे हाइड्रोपावर कम्पनी, सेन्चुरी इनर्जी लिमिटेड, नेपाल हाइड्रो डेभलपर, माण्डु हाइड्रोपावर र सानिमा माइ हाइड्रोपावर कम्पनीले सेयरधनीलाई लाभांश घोषणा गरेका हुन् । चिलिमेले १० प्रतिशत सेयर बोनस र ५ प्रतिशत नगदसहित १५ प्रतिशत लाभांश घोषणा गरेको छ । कम्पनीले […]

इन्टरनेसनल हाइड्रोपावर एसोसिएसन उपाध्यक्षमा पोखरेल

नेपालका ऊर्जा उद्यमी सुशील पोखरेल इन्टरनेसनल हाइड्रोपावर एसोसिएसन (आइएचए)को उपाध्यक्षमा निर्वाचित भएका छन्।...

आरविवी मर्चेन्ट र कालिञ्चोक हाइड्रोपावर बीच सम्झौता

आरविवी मर्चेन्ट र कालिञ्चोक हाइड्रोपावर बीच निष्कासन तथा बिक्री प्रबन्धकको लागि सम्झौता सम्पन्न भएको छ।...

पन्ध्र हाइड्रोपावर कम्पनीको लाभांश प्रस्ताव

१५ वटा हाइड्रोपावर कम्पनीले लाभांश प्रस्ताव गरेका छन् । अघिल्लो आर्थिक वर्षको मुनाफाबाट कम्पनीहरूले आफ्ना सेयरधनीलाई लाभांश प्रस्ताव गरेका हुन् । नेपाल स्टक एक्सचेन्जमा सूचीकृत ६२ वटा हाइड्रोपावर कम्पनीमध्ये हालसम्म १५ वटा...

लोकमार्ग कब्जा गरेर हाइड्रोपावर निर्माण

बागलुङ : राष्ट्रिय गौरवको आयोजना मध्यपहाडी लोकमार्गको बागलुङ-बुर्तीबाङ खण्डअन्तर्गत गलकोटको मनेवापाटामा सडक अतिक्रमण गरेर स्थानीयले हाइड्रोपावर बनाइरहेका छन्।लोकमार्गको गलकोट नगरपालिका–११ मा पर्ने मनेवापाटामा करिब डेढ किलोमिटर सडकमा दरमखोला हाइड्रोपावर प्रा.लि.ले सडक अतिक्रमण गरी पाइप बिछ्याएको छ। सडकको कुना पट्टी पाइप बिछ्याउँदा सडक साँघुरो बनेर दुर्घटनाको जोखिम बढेको हो। हाइड्रोपावर निर्माण कम्पनीले सवारी आवतजावत ठप्प बनाएर सडकमा पाइप बिछ्याउने गरेको गाडीचालकहरूको भनाइ छ। लोकमार्ग क

राष्ट्रिय लोकमार्गमा ‘हाइड्रोपावर’ निर्माण

लोकमार्गको गलकोट नगरपालिका–११ मा पर्ने मनेवापाटामा करिब डेढ किलोमिटर सडकमा दरमखोला हाइड्रोपावर प्रालिले सडक अतिक्रमण गरी पाइप बिच्छ्याइएको छ।...

राष्ट्रिय लोकमार्गमा ‘हाइड्रोपावर’ निर्माण

राष्ट्रिय गौरवको आयोजना मध्यपहाडी लोकमार्गको बागलुङ–बुर्तिबाङ खण्डअन्तर्गत गलकोटको मनेवापाटामा सडक अतिक्रमण गरेर स्थानीयवासीले हाइड्रोपावर निर्माण गरिरहेका छन् । लोकमार्गको गलकोट नगरपालिका–११ मा पर्ने मनेवापाटामा करिब डेढ किलोमिटर सडकमा दरमखोला हाइड्रोपावर प्रालिले सडक अतिक्रमण गरी पाइप बिच्छ्याइएको छ ।सडकको कुनापट्टि पाइप बिछयाउँदा सडक साँघुरो बनेर दुर्घटनाको जोखिम बढेको जनाइएको छ  । हाइड्रोपावर निर्माण कम्पनीले सवारी आवतजावत नै ठप्प बनाएर सडकमा पाइप बिछ्याउने गरेको गाडी चालकहर

९ हाइड्रोपावर कम्पनीको लाभांश घोषणा, कसले कति दिँदैछन् ?

९ वटा हाइड्रोपावर कम्पनीहरुले लाभांश घोषणा गरेका छन् । गत आर्थिक वर्ष २०७७÷७८ को मुनाफाबाट न्यादी ग्रुप पावर कम्पनी लिमिटेड, अरुण काबेली पावर, रिडी हाइड्रोपावर डेभलपमेन्ट कम्पनी, राइराङ हाइड्रोपावर डेभलपमेन्ट कम्पनी, अपी पावर कम्पनी, अरुण भ्याली हाइड्रोपावर डेभलपमेन्ट, सिनर्जी पावर डेभलपमेन्ट, रुरु जलविद्युत परियोजना लिमिटेड र सानिमा माई हाइड्रो लिमिटेडले सेयरधनीहरुमा लाभांश घोषणा गरेका हुन् । सो मध्ये सबैभन्दा बढी न्यादी ग्रुपले २१.०५ प्रतिशत लाभांश वितरणको घोषणा गरेको छ । ग्रुपले २

आइपिओ जारी गर्दै न्यादी हाइड्रोपावर

न्यादी हाइड्रोपावर लिमिटेडले यही असोज १५ गतेदेखि सर्वसाधारणका लागि साधारण सेयर बिक्री खुला गर्ने भएको छ। कम्पनीले प्रतिकित्ता १०० रुपैयाँ अंकित मूल्यमा २२ करोड ५० लाख रुपैयाँ बराबरको २२ लाख...

विपन्न विद्यार्थीलाई हाइड्रोपावर इञ्जीनियर पढाइँदै

फुङ्लिङ । ताप्लेजुङको मेरिङदेन गाउँपालिकाले विपन्न परिवारका विद्यार्थीलाई हाइड्रोपावर इञ्जीनियर पढाउने भएको छ । पछिल्ला समयमा हाइड्रोपावर इञ्जीनियर क्षेत्रमा राम्रो अवसर भएकाले गाउँपालिकाले विपन्न विद्यार्थीलाई हाइड्रो इञ्जीनियर पढाउने भएको हो । सदरमुकाम फुङ्लिङ–३ स्थित बाल सुबोधिनी संस्कृत माध्यमिक विद्यालयमा तीनवर्षे डिप्लोमा तह हाइड्रोपावर इञ्जीनियर पढाइने गाउँपालिकाले जनाएको छ । विपन्न परिवार तर जेहेन्दार एक छात्रा […]