नेपाल बङ्गलादेश बैंकसहित ४ ओटा कम्पनीको शेयरमूल्यमा सकारात्मक सर्किट

कात्तिक ३०, काठमाडौं । साताको तेस्रो कारोबार दिन मंगलवार बजार खुलेको सवा दुई घण्टाको अवधिमा नेप्से परिसूचक ४२ अंक बढेर २७५७.९७ विन्दुमा पुगेको छ ।  उक्त अवधिसम्ममा कारोबारमा आएका २१९ओटा धितोपत्रमध्ये चार ओटा धितोपत्रको मूल्यमा सकारात्मक सर्किट लागेको छ । नेपाल बङ्गलादेश बैंक,बोटलर्स नेपाल तराई, अपर तामाकोशी हाइड्रोपावर र तेह्रथुम पावर कम्पनीको शेयरमूल्यमा सकारात्मक सर्किट लागेको हो ।  तेह्रथुम पावर कम्पनीको शेयर मूल्य अघिल्ल्लो कारोबार दिनको तुलनामा ९ दशमलव ९९ प्रतिशत र बाँकी तीन ओटा कम्पनीको शेयरमूल्य १० प्रतिशतका दरले वृद्धि भएसँगै सकारात्मक सर्किट लागेको हो ।  बजार बढेसँगै ती चार ओटा कम्पनीको शेयरमा विक्रेताभन्दा क्रेता धेरै भएकाले शेयर मूल्य बढेको हो ।  नेपाल बङ्गलादेश बैंकको शेयरमूल्य प्रतिकित्ता रू. ३५८ दशमलव ६०,बोटलर्स नेपाल तराईको रू. १४ हजार ३०८ दशमलव २०,अपर तामाकोशी हाइड्रोपावरको रू. ६४१ दशमलव ३० र तेह्रथुम पावर कम्पनीको शेयर मूल्य प्रतिकित्ता रू. ५३१ दशमलव ६० पुगेको छ ।