प्रेस काउन्सिल नेपालले पत्रकार आचारसंहिता उल्लङ्घन गरी पटकपटक काउन्सिलको निर्णय–निर्देशन अवज्ञा गर्ने चार अनलाइन सञ्चारमाध्यम (न्युज पोर्टल) लाई अवज्ञाकारी, कालोसूचीमा राखेको छ । काउन्सिलले २०७७ को साउनदेखि २०७८ असार पहिलो हप्तासम्म कालोसूचीमा परेका न्यूज पोर्टल इहिमालय टाइम्स डटकम, वीरगञ्ज सिटी डटकम, एनआरएन खबर डटकम र कोशीपाटी डटकमलाई अवज्ञाकारी कालोसूचीमा राखेको हो । इहिमालय टाइम्स डट कमलाई नियमानुसार दर्ता÷सूचीकरण भएको नदेखिएकाले नेपालभित्र सम्प्रेषण हुन न