नेपाल प्रेस काउन्सिलको निर्णयले हालै विभिन्न २३ वटा अनलाइन सञ्चारमाध्यम नेपालभित्र प्रकाशन र प्रशारण हुन नसक्ने गरी व्यवस्था मिलाउन नेपाल दूरसञ्चार प्राधिकरणलाई पत्राचार गरिएको विषयमा अनलाइन पत्रकार संघले गम्भीर ध्यानाकर्षण भएको जनाएको छ ।स्थानीय तह निर्वाचनका सन्दर्भमा ती अनलाइन सञ्चार माध्यमबाट निर्वाचन आचारसंहिता प्रतिकुल सामग्री सम्प्रेषण भएको देखिएको भन्दै ती सञ्चारमाध्यमलाई नेपालभर प्रकाशन र प्रशारण हुन नसक्ने गरी बन्द गराउन पत्राचार गरिएको प्रेस काउन्सिलको निर्णयले संघ आश्चर्यचकित भएको वि