सूचना तथा प्रसारण विभागले अब प्रेस प्रतिनिधि प्रमाणपत्र अनलाइनबाटै दिने भएको छ ।
मंगलवार सूचना जारी गर्दै साउन १० देखि अनलाइन सेवा शुरू गर्न लागेको हो ।
विभागका अनुसार नयाँ प्रेस प्रतिनिधि प्रमाणपत्र, अध्यक्ष तथा प्रकाशकको परिचयपत्र, नवीकरण, अनलाइन सञ्चारमाध्यम दर्ता तथा नवीकरण कार्यहरू अनलाइनमार्फत हुनेछन् ।
यसका लागि सेवाग्राहीले विभागको वेबसाइटबाट आवेदन दिनुपर्नेछ ।
यस्तै साउन १० देखि सेवाग्राहीको प्रत्यक्ष उपस्थितिमा हुने सेवा प्रवाह दिउँसो १ बजेसम्म मात्रै रहने विभागले जनाएको छ ।&nbs...