काठमाडौं । सिप्रदीले सिप्रदीका आधिकारिक टाटा मोटर्स शोरूमहरूमा ‘द इलेक्ट्रिफाइङ एक्सचेन्ज’ क्याम्प शुक्रवारदेखि शुरू गरेको छ । क्याम्पमा पेट्रोल डिजेलबाट चल्ने सवारीसाधनलाई टाटा मोटर्सका विद्युतीय सवारीसाधनसँग साट्ने व्यवस्था रहेको कम्पनीले जानकारी दिएको छ । क्याम्पमा बजार मूल्यभन्दा विशेष मूल्यांकन, सरल फाइनान्सको सुविधा, इन्स्योरेन्सको सुविधा र हरेक गाडी हस्तान्तरणमा गाडीका उपयुक्त पार्टपुर्जा नि:शुल्क उपलब्ध गराइँदै आएको कम्पनीको भनाइ छ । विभिन्न अफर पनि रहेको क्याम्प आइतवार (आज) सकिँदै छ ।